close

कम्प्युटरमा यसरी चलाउनुहोस् एन्ड्रोइड एप

टेकपाना टेकपाना

मंसिर १४, २०७७ १७:१९

कम्प्युटरमा यसरी चलाउनुहोस् एन्ड्रोइड एप

काठमाडौं । निश्चित प्रकारका एन्ड्रोइड फोन प्रयाेगकर्ताले आफ्नो एन्ड्रोइड मोबाइल एप्समा विण्डोज टेन डिभाइसबाट समेत एक्सेस पाउन सक्नेछन् । माइक्रोसफ्टले गत अगस्टमा रोलआउट गरेको ‘योर फोन एप‘मा भएको अपडेटबाट अब यो सम्भव हुनेछ ।

यो नयाँ फिचरको सबैभन्दा आकर्षक कुरा भनेको विण्डाेज टेन डिभाइसमा प्रयोगकर्ताले एकैपटक धेरैवटा एन्ड्रोइड एपहरु प्रयोग गर्नसक्छन् ।

यदि तपाईं विण्डोज इन्साइडर प्रोग्रामको हिस्सा हुनुहुन्छ भने नोभेम्बर ११ मा रिलिज भएको लेटेस्ट विण्डोज टेन ब्युल्टको मद्दतबाट तपाईंले विण्डोज टेन पीसीमा धेरैवटा एन्ड्रोइड मोबाइल एपहरु चलाउन सक्नुहुन्छ ।

उक्ट अपडेटबारे अगस्ट ५ मा आयोजना भएको सामसङ अनप्याक्ड समारोहमा पहिलो घोषणा भएको थियो । यस अपडेटसँगै अब तपाईंले आफ्नो मनपर्ने एन्ड्रोइड मोबाइल एपलाई कम्प्युटरको टास्कबार वा स्टार्ट मेनुमा पिन गरेर राख्न सक्नुहुन्छ । ताकि यसको छिटो र सजिलै एक्सेस पाउन सकियाेस् ।

‘योर फोन एप’ प्रयोग गरेपछि खोलिने एपहरु छुट्टै विण्डोजमा खोलिन्छ । त्यसपछि तपाईंले यी एपहरुलाई आफ्नो फोनमा प्रयोग गरे जसरी नै सामान्य रुपमा प्रयोग गर्न सक्नुहुन्छ । सीनेटले प्रस्तुत गरेकाे याे लेखले तपाईंलाई पीसीमा एन्ड्राेइड एप चलाउन सघाउनेछ ।

के-के चाहिन्छ ?

यसका लागि तपाईंलाई एउटा सामसङ ग्यालेक्सी फोन र २०१९ अक्टोबर वा त्यसपछि अपडेट भएका विण्डोज टेन रन हुने कम्प्युटर आवश्यक पर्दछ ।

आफ्नो कम्प्युटरमा कुन भर्सनकाे विण्डाेज रन भइरहेको छ, त्यो कुरालाई चेक गर्नुहोस् । त्यसका लागि सेटिङ हुँदै अपडेट एण्ड सेक्युरिटीबाट चेक फर अपडेटमा जानुहोस् । यदि तपाईंको कम्प्युटर विण्डोज टेन भर्सनमा छैन भने नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ ।

यस्तै अब आफ्नो फोनमा ‘योर फोन एप’को पछिल्लो भर्सन डाउनलोड गर्नुहोस् र त्यसलाई विण्डोजसँग लिङ्क गर्नुहोस् । त्यसका लागि तपाईंको फोनमा एन्ड्रोइड ९.० वा त्योभन्दा माथिको ओएस भर्सन हुनुपर्दछ ।

अब फोन र कम्प्युटरलाई एउटै नेटवर्कमा राख्नुहोस् ।

विण्डोज टेन पीसीमा एन्ड्रोइड एप रन गर्ने तरिका :

माथि उल्लेख गरिएका सबै कुरा तपाईंको डिभाइसमा भइसकेपछि तपाईंले आफ्नो फोन र कम्प्युटरलाई एकअर्कोसँग जोड्नुपर्दछ र यसपछि ‘योर फोन एप’ डेस्कटपमा देखापर्छ ।

बायाँतिर मेनुमा रहेको एप्स सर्टकटमा क्लिक गर्नुहोस् । फोनमा सबै एपको सूची देख्नुहुनेछ ।

उक्त सूचीमा आफूलाई चाहिएको एप क्लिक गर्नुहोस् । यो तपाईंको पीसीमा छुट्टै विण्डोमा खुल्दछ ।

तर याद गर्नुहोस् सबै एपले तपाईंको माउस र कीबोर्डबाट काम गर्न सक्दैन । तर माउस र कीबोर्डले पीसीमा एप प्रयोग गर्न निम्न टिप्सहरु थाहा पाइराख्नुहोस् ।

  • सिङ्गल क्लिकले सिङ्गल टच वा ट्याप इन्टरयाक्सनको काम गर्दछ ।
  • राइट क्लिक, फोन स्क्रिनको जहाँ क्लिक गरे पनि तपाईं अघिल्लो पेजमा जान सक्नुहुन्छ ।
  • क्लिक एण्ड होल्ड भनेको ट्याप र होल्ड इन्टरयाक्सन जस्तै हो ।
  • क्लिक एण्ड होल्ड एण्ड ड्रयाग गर्दा कन्टेन्ट सेलेक्ट गर्न सकिन्छ ।
  • माउस स्क्रोल पेजहरुबीच भर्टिकल्ली वा हाेरिजन्टल्ली मुभ हुन प्रयोग गरिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०