close

अब जिमेलबाट सिधै भ्वाइस र भिडिओ कल गर्न सकिने

टेकपाना टेकपाना

भदौ २४, २०७८ १४:४२

अब जिमेलबाट सिधै भ्वाइस र भिडिओ कल गर्न सकिने

काठमाडौं । गुगलले ईमेललाई म्यासेज पठाउने माध्यममात्र नभएर सबै सेवा एकै ठाउँमा उपलब्ध हुने हबको रुपमा स्थापना गरिरहेको छ ।

त्यसका लागि गुगलले गुगल वर्कस्पेसमा उल्लेख्य परिवर्तन गरेको छ । जिमेलको नयाँ अपडेटमा एपको डिजाइनसँगै नयाँ फिचरसमेत थप भएका छन् ।

यसअन्तर्गत अब जिमेलमा भ्वाइस र भिडिओ कल फिचरसमेत सुरू भएको छ । गुगल मिटको सहायताले अब जिमेल एपमा रहेका कन्ट्याक्ट नम्बरमा सिधै कल गर्न सकिने सुविधा सुरू भएको हो ।

यसपछि जिमेलबाट ईमेल पाउन र पठाउन, पर्सनल र ग्रुप च्याट गर्न, भिडिओ कन्फ्रेन्स गर्न सकिनुका साथै भ्वाइस र भिडिओ कल गर्न सकिने छ ।

त्यतिमात्रै हाेइन, नयाँ डिजाइनमा ईमेल, च्याट, स्पेस र मिटको छुट्टाछुट्टै नेभिगेसन पनि उपलब्ध हुनेछ । जसले प्रयोगकर्तालाई प्रयोगमा सहजता प्रदान गर्ने जनाइएको छ ।

यो फिचर इन्टरप्राइज प्रयोगकर्ताका लागि बुधबारदेखि उपलब्ध भइसकेको छ । भने, अन्य प्रयोगकर्ताको हकमा विस्तारै उपलब्ध हुने जनाइएको छ ।

अर्को भनेको जिमेलले तपाईं घरमा हुनुहुन्छ अथवा वर्क फ्रम होममा हुनुहुन्छ भनेर छनोट गर्ने अप्सनसमेत उपलब्ध गराएको छ । त्यो हुँदा मिटिङको योजना बनाउनका लागि सहज हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५