close

ट्वीटरको नयाँ फिचर, मन नपर्ने व्यक्तिबाट यसरी पाउनुस् मुक्ति

टेकपाना टेकपाना

असोज २६, २०७८ १४:८

ट्वीटरको नयाँ फिचर, मन नपर्ने व्यक्तिबाट यसरी पाउनुस् मुक्ति

काठमाडौं । आफूलाई मन नपर्ने व्यक्तिलाई ब्लक नगरी नै छुटकारा पाउन मिल्ने गरी ट्वीटरले नयाँ फिचर सार्वजनिक गरेको छ । आफूलाई मन नपर्ने ट्वीटर प्रयोगकर्तालाई फलोअरबाट हटाउने यो फिचरलाई सफ्ट ब्लक फिचरको नाम दिइएको छ ।

मंगलबारदेखि वेबमा ट्वीटर प्रयोग गर्ने सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन् । ट्वीटर प्रयोगकर्ताले आफूले चाहेको व्यक्तिलाई आफ्नो फलोअर लिस्टबाट हटाउन मिल्छ ।

यसको लागि प्रयोगकर्ताले आफ्नो फलोअर लिस्टमा गएर आफूले हटाउन चाहेको व्यक्तिको प्रोफाइल छेउमा रहेको तीन वटा डट भएको अप्सनमा गएर क्लिक गरी रिमुभ दिस फलोअर अप्सनमा क्लिक गरी आफूले चाहेको व्यक्तिलाई फलोअर लिस्टबाट हटाउन सक्छन् ।

यसो गर्दा उक्त व्यक्ति आफ्नो फलोअर लिस्टबाट हटे पनि भविष्यमा फेरि फलो गर्न भने सक्छ । आफ्नो फलोअर लिस्टबाट हटाइएको ट्वीटर प्रयोगकर्ताले तपाईंको फिडमा ट्वीट भने देख्ने छैनन् ।

कसैलाई ब्लक नगरी आफ्नो फलोअर सूचीबाट हटाउन यो फिचर निकै उपयोगी हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१