close

सन् २०३१ सम्म ह्वावेकै पूर्वाधार प्रयोग गर्न पाउनुपर्ने बेलायती टेलिकम कम्पनीको माग

टेकपाना टेकपाना

असोज ३०, २०७८ १९:४१

सन् २०३१ सम्म ह्वावेकै पूर्वाधार प्रयोग गर्न पाउनुपर्ने बेलायती टेलिकम कम्पनीको माग

काठमाडौं । बेलायती टेलिकम कम्पनीहरुले सन् २०३१ सम्म ह्वावेकै पूर्वाधार प्रयोग गर्न दिनुपर्ने माग नियामकसँग राखेका छन् । हाल प्रयोगमा आएको ह्वावेका ठूला पूर्वाधार परिवर्तन गर्नु आर्थिक हिसाबले ठूलो भार पर्ने भन्दै कम्पनीहरुले तत्कालै प्रतिस्थापन सम्भव नभएको बताएका हुन् ।

‘प्रयोगमा आएको फाइबर नेटवर्क पूर्वाधार परिवर्तन नै कम्पनीहरुका लागि ठूलो आर्थिक क्षति हो,’ उनीहरुले भनेका छन, ‘त्यसमा अझ सेवा अवरुद्ध हुन नदिन पूर्वाधार हटाउनुअघि त्यो स्थानमा अर्को पूर्वाधार खडा गरिसक्नु पर्ने हुँदा त्यसले अर्को आर्थिक भार कम्पनीहरुलाई थप्नेछ । यो आर्थिक तथा व्यवसायिक हिसाबले व्यवहारिक छैन ।’

यसअघि सन् २०२० मा बेलायती सरकारले सन् २०२३ सम्म टेलिकम कम्पनीलाई आफ्ना पूर्वाधारमा प्रयोग भएको ह्वावेका ३० सामग्रीलाई प्रतिस्थापन गरी सक्नुपर्ने समयावधि दिएको थियो ।

भने, सन् २०२५ सम्म पूर्णरुपमा प्रतिस्थापनको अवधि दिइएको थियो । यस्तोमा सबै सेवाप्रदायकहरु एक भएर २०३१ सम्मको समय माग गरेका हुन् ।

‘हामीसँग ह्वावेका पूर्वाधारको समयसीमा सन् २०३० सम्म छ,’ ब्रिटिश टेलिकम कम्पनीका सीटीओ हावर्ड वाट्सनले भने, ‘त्यो समयसम्म हामी उसको पूर्वाधार प्रयोग गर्न चाहन्छौं । किनभने त्यसमा हाम्रो ठूलो लगानी भइसकेको छ । यसका लागि सकारकसँग कुराकानी भइरहेको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२