close

झुठाे विज्ञापन गरेपछि साओमीलाई जरिवाना

टेकपाना टेकपाना

पुस १०, २०७८ १६:५८

झुठाे विज्ञापन गरेपछि साओमीलाई जरिवाना

काठमाडौं । कुनै समयमा साओमी कुनै विज्ञापनबाट होइन, प्रयोगकर्ताले नै गर्ने प्रचारको माध्यमबाट बजारमा चिनिने गर्थ्यो । केही वर्षपछि यो स्टार्टअप कम्पनी अनलाइन र अफलाइन दुवै माध्यमबाट आफ्नो मोबाइल बेच्दै मोबाइल बजारमा आफ्नो राम्रो स्थान बनाउन सफल भयो ।

विज्ञापनबाट कहिले पनि चर्चामा नआएको यो कम्पनी आज आफ्नै देशमा आफ्नै विज्ञापनले गर्दा जरिवाना तिर्नुपर्ने स्थितिमा आएको छ ।

स्थानीय सञ्चारमाध्यम ‘आईटी होम’ का अनुसार चिनियाँ कम्पनीले साओमीले चीनको विज्ञापनसम्बन्धी कानून तोडेका कारणलाई तीन हजार १४१ डलर (करिब तीन लाख ७७ हजार रुपैयाँ) जरिवाना तिराएको छ ।

गत वर्ष रेड्मी के३० फाइभजी मोबाइलको टिमलमा ब्यानर विज्ञापनमा फोनमा एमोलेड डिस्प्ले उपलब्ध छ भनेर देखाइएको छ, जबकि फोनमा एलसीडी प्यानल प्रयोग भएको थियो ।

यसरी विज्ञापनमार्फत ग्राहकलाई झुक्काएको भनेर चिनियाँ सरकारले साओमीलाई जरिवाना तिराएको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२