close

कसले बनायो होला बिटक्वाइन ? यस्तो छ एलन मस्कको अनुमान

टेकपाना टेकपाना

पुस १५, २०७८ १९:११

कसले बनायो होला बिटक्वाइन ? यस्तो छ एलन मस्कको अनुमान

काठमाडौं । बिटक्वाइन विश्वको सबैभन्दा पुरानो र लोकप्रिय क्रिप्टोकरेन्सी हो । यो करेन्सी लगानीकर्ताको पहिलो रोजाइमा पर्दै आएको छ । वर्षैपिच्छे यसले लगानीकर्ताको विश्वास जितेको छ ।

तर, बिटक्वाइनका सर्जक अथवा बनाउने व्यक्तिलाई अहिलेसम्म कसैले देखेको भने छैन । यो डिजिटल करेन्सी सन् २००८ मा बनाइएको थियो । ओपन सोर्स सफ्टवेयरको रुपमा यसलाई सन् २००९ मा सार्वजनिक गरियो ।

बिटक्वाइन बनाउनेको नामको प्रसङ्ग आउँदा ‘सातोसी नाकामोतो’ लाई सम्झिने गरिन्छ । तर यो नाम कुनै व्यक्तिको हो वा समूहको भन्ने पनि यकिन छैन ।

सन् २००८ मा बिटक्वाइनसँग जोडिएको एउटा प्राज्ञिक श्वेतपत्र सार्वजनिक भएको थियो । जसको शीर्षक ‘बिटक्वाइनः अ पियर-टु-पियर इलेक्ट्रोनिक क्याश सिस्टम’ राखिएको थियो ।

जसअनुसार यसलाई डिजिटल करेन्सी अर्थात् डिजिटल मुद्रा भनिएको छ । यसमाथि कुनै पनि सरकारको नियन्त्रण हुने छैन र यसमा हस्तक्षेप गर्न सक्दैनन् भन्ने उल्लेख गरिएको छ ।

तर, यसको सर्जकको विषय हालसम्म पनि कुनै जानकारी बाहिरिएको छैन । यसैबीच टेस्ला तथा स्टारलिंकका मालिक एलन मस्कले पनि क्रिप्टोकरेन्सी गुमनाम विज्ञका रुपमा परिचित उनै नाकामोतो नै बिटक्वाइनको सर्जक भएको बताएका छन् ।

‘हामीले बिटक्वाइनको विकासक्रमलाई हेर्न हो भने यसको विचार व्यक्त गर्ने उनै नाकामोतो हुन,’ एक पोडकास्टमा उनले भने, ‘मलाई पनि बिटक्वाइन कसले बनायो भन्ने जानकारी छैन । तर, जसरी बिटक्वाइनको विकासक्रमसँग ‘नाकामोतो’ काे नाम जोडिँदै आएको छ, त्यसले उनै व्यक्ति नै बिटक्वाइनको सर्जक हुन् भन्न सकिन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२