close

अनलाइन डेलिभरी चुस्त बनाउन थप ११ जेट किन्दै अमेजन

टेकपाना टेकपाना

पुस २२, २०७७ १४:५४

अनलाइन डेलिभरी चुस्त बनाउन थप ११ जेट किन्दै अमेजन

काठमाडौं । ईकमर्स जायन्ट अमेजनले प्रयोगकर्ताबाट हुने अर्डरलाई चुस्त बनाउन थप ११ जेट खरिद गर्ने भएको छ । कम्पनीले डेल्टा एण्ड वेस्टजेट एयरलाइन्स कम्पनीमार्फत साे संख्यामा विमान खरिद गर्ने भएको हो ।

कम्पनीका अनुसार आफ्नो डेलिभरी नेटवर्कलाई चुस्त बनाउने उद्देश्यले प्लेन खरिद गर्न लागिएको हो । यसअघिसम्म विभिन्न कम्पनीसँग प्लेन भाडामा लिएर सामान डेलिभरी गर्दै आएको कम्पनीले अब भने आफैले प्लेन खरिद गर्ने भएको हो ।

‘हाम्रो बढ्दो बजारमा भाडा र आफ्नै प्लेन भएसँगै हामीले हाम्रो डेलिभरीलाई अझ व्यवस्थित र चुस्त बनाउन सक्षम हुनेछौं,’ अमेजनका उपाध्यक्ष सारा रोहड्ले भने, ‘हालसम्म कतिपय प्याकेजको डेलिभरी कम्पनीले युपीएस र अमेरिकाको पोस्टल सर्भिसका साथै अन्य विभिन्न क्यारियरमार्फत पठाउँदै आएको छ ।’

त्यतिमात्रै नभएर डेलिभरीलाई सहज बनाउन कम्पनीे एयसपोर्ट नजिकै वेयरहाउस निमार्ण गर्ने लगायतका काम पनि गर्दै आएको छ । त्यसलै यी सबैलाई अन्त्य गर्ने उद्देश्यले कम्पनीले आफ्ने ११ वटा विमान खरिद गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार खरिद गर्न लागिएका सबै विमान बोइङ ७६७–३००एस रहेका छन् । उक्त विमानलाई प्यासेन्जर प्लेनको रुपमा भन्दा पनि कार्गो प्लेनको रुपमा परिणत गरिने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१