close

नेपालमा दोस्रो उत्कृष्ट स्मार्टफोन ब्राण्ड बन्ने दाउमा रियलमी, शंकर ग्रुप बन्यो आधिकारिक बिक्रेता

टेकपाना टेकपाना

साउन १७, २०७८ १८:३७

नेपालमा दोस्रो उत्कृष्ट स्मार्टफोन ब्राण्ड बन्ने दाउमा रियलमी, शंकर ग्रुप बन्यो आधिकारिक बिक्रेता

काठमाडौं । चिनियाँ प्रविधि ब्राण्ड रियलमीले नेपालमा आफ्नो बजारीकरणको लागि शंकर ग्रुपसँग सहकार्य गरेको छ । आज एक कार्यक्रमबीच रियलमीले शंकर ग्रुपसँगको सहकार्य घोषणा गरेको हो ।

रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपेली बजारका सीईओ माधव शेठले नेपाली बजारका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी सहकार्य सुरू गरिएकाे जनाए ।

घोषणा कार्यक्रममा बोल्दै उपाध्यक्ष शेठले नेपाली बजारमा नवीनतम प्रविधिका उत्पादनहरू उत्कृष्ट मूल्यमा नेपाली उपभोक्तामाझ प्रस्तुत गर्ने बताए ।

 कम्पनीले सन् २०२२ सम्ममा रियलमीलाई नेपाली स्मार्टफोन बजारमा उत्कृष्ट दुईमा पुर्‍याउने लक्ष्य लिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१