close

टेलिकमको दशैं तिहार अफर, दूई सय ९४ रुपैयाँमै २० जीबी डेटा

टेकपाना टेकपाना

असोज १८, २०७८ १६:४४

टेलिकमको दशैं तिहार अफर, दूई सय ९४ रुपैयाँमै २० जीबी डेटा

काठमाडौं । नेपाल टेलिकमले दशैं तथा तिहारलाई लक्षित गर्दै डेटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत दुई सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा उपलब्ध हुनेछ ।

त्यस्तै तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा ९८ रुपैयाँमा उपलब्ध हुनेछ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो अफर मंगलबार (असोज १९) गते देखि कार्तिक २ गतेसम्म उपलब्ध हुनेछ । यसैगरी महत्वपूर्ण पर्वहरू तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने जनाइएको छ।

भ्वाइस सेवा अन्तर्गत कम्पनीले २५ रुपैयाँमा ४५ मिनेट कुरा गर्न सकिने भएको छ । जुन एक दिन (२४ घण्टा) सम्म प्रयोग गर्न सकिने छ । त्यस्तै ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३ सय मिनेटको प्याक उपलब्ध गराउने भएको छ ।

यसैगरी यो अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुई सय देखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १ जीबी २४ एमबी डेटा प्याक उपलब्ध हुनेछ ।

यसका लागि प्रयोगकर्ताले ८ज्ञद्धज्ञछ३  डायल गर्नुपर्ने हुन्छ । भने, ‘नेपाल टेलिकम’ एपबाट पनि सेवा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५