close

गुगल म्यापको प्रतिस्पर्धी ‘साइजक’ ले ल्यायो ‘स्पिड लिमिट’ देखाउने नयाँ फिचर

टेकपाना टेकपाना

मंसिर १५, २०७८ १६:४१

गुगल म्यापको प्रतिस्पर्धी ‘साइजक’ ले ल्यायो ‘स्पिड लिमिट’ देखाउने नयाँ फिचर

काठमाडौं । धेरैजसो न्याभिकेसन एपहरू जस्तै: गुगल म्याप, वेज अथवा एप्पल म्यापले उनीहरूको म्यापको डेटाको आधारमा स्पिड लिमिट अर्थात गतिको सिमा देखाउने गर्छन् । यस्ता एपहरुमा प्रयोगकर्ता आफैँले पनि यस्ता विवरणहरू सम्पादन गर्न सक्छन् ।

चर्चित नेभिगेसन एपहरूको प्रतिस्पर्धी ‘साइजक’ एपले प्रयोगकर्ताको सहजताको लागि नयाँ फिचर ‘साइन रिकग्निशन’ ल्याएको छ ।

मोबाइल नेभिगेसनको लागि साइजक प्रयोग गर्ने प्रयोगकर्ताहरूले यो फिचर प्रयोग गरेर आफ्नो फोनको क्यामेरा प्रयोग गरी सडकमा राखिएको संकेतलाई स्क्यान गरी आफ्नो गन्तव्यको दुरी र गति सीमितता पत्ता लगाउन सक्छन् ।

यसले अन्य नेभिगेशन एप भन्दा सही विवरण दिने कम्पनीको दाबी छ । यद्यपि केही अवस्थाहरूमा भने यो फिचरले काम नगर्न सक्छ । किनभने मौसमको खराबी अथवा भिजिबिलिटि राम्रो नहुँदा मोबाइलको क्यामेरा सडकमा राखिएको संकेतको फोटो राम्रोसँग नखिच्न पनि सक्छ ।

त्यसैगरी, मोबाइलले पनि राम्रो फोटो खिच्न नसकेको अवस्थामा यो फिचरले काम नगर्न सक्छ । कम्पनीले भने यो फिचरको लागि अहिले यो पहिलो चरण मात्र भएको र आउने दिनमा यो थप परिस्कृत बन्दै जाने बताएको छ ।

आगामी दिनमा मोबाइलकै क्यामेराले नम्बर प्लेट्स, ट्राफिक लाइट तथा अन्य विवरणहरू स्क्यान गर्न मिल्ने व्यवस्था आउने कम्पनीको भनाई छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२