close

२० ओटा पाकिस्तानी युट्युव च्यानलमाथि भारतले लगायो प्रतिबन्ध

टेकपाना टेकपाना

पुस ८, २०७८ २१:३१

२० ओटा पाकिस्तानी युट्युव च्यानलमाथि भारतले लगायो प्रतिबन्ध

काठमाडौं । भारत सरकारले पाकिस्तानका दुई ओटा वेबसाइट र २० ओटा युट्युव च्यानलमाथि प्रतिबन्ध लगाएको छ । भारतले फेक न्युज (झुटा समाचार) फैलाएको भन्दै पाकिस्तानी वेबसाइट र युट्युव च्यानलमाथि रोक लगाएको हो ।

प्रतिबन्ध लगाइएका वेबसाइट र युट्युव च्यानलले भारत विरोधी गतिविधि गरेको आरोप लगाइएको छ । भारतको इन्टेलिजेन्स एजेन्सी र सूचना तथा प्रसारण मन्त्रालयले यी वेबसाइट र युट्युव च्यानल पहिचान गरी सूची तयार पारेको थियो ।

प्रतिबन्धित सबै वेबसाइट र युट्युव च्यानल पाकिस्तानबाटै सञ्चालित रहेको भारत सरकारको दाबी छ । जसले कश्मिर, भारतीय सेना, अल्पसङ्ख्यक समुदाय, राम मन्दिर, सीडीएस जनरल विपिन रावत, कृषि कानून, सीएए विरुद्धको प्रदर्शनको विषयलाई लिएर भड्काउ सामग्री प्रकाशित गरेको भारतको आरोप छ ।

भारत सरकारले गत २६ मेमा नयाँ सूचना प्रविधि नियम जारी गरेको थियो । सोही नियमको आपतकालीन शक्तिको विरुद्ध पाकिस्तानी साइट र युट्युव च्यानलमाथि रोक लगाउने आदेश दिइएको उल्लेख छ ।

यस्ता छन् प्रतिबन्धमा परेका २० पाकिस्तानी युट्युव च्यानल

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२