close

अनलाइनबाट खानेपानीको महसुल भुक्तानी, यी माध्यमबाट लिन सकिन्छ सेवा

टेकपाना टेकपाना

माघ १८, २०७८ ८:४९

अनलाइनबाट खानेपानीको महसुल भुक्तानी, यी माध्यमबाट लिन सकिन्छ सेवा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का ग्राहकले अनलाइनबाट खानेपानीको महसुल भुक्तानी गर्नसक्ने भएका छन् ।

यसका लागि ईसेवा, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबाट भुक्तानी गर्न सकिने केयूकेएलले जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले भुक्तानी सेवाकाे परीक्षण सुरू हुन लागेकाे जानकारी दिएको हो ।

साथै कार्यालयहरूको काउन्टरमा आई महसुल भुक्तानी गर्न सकिने व्यवस्था पनि यथावत् नै रहने केयूकेएलले जनाएको छ ।

कम्पनीको अनलाइन सेवामाफर्फत खानेपानी लिकेज, खानेपानी वितरण तालिका, मिटर रिडिङ आदिबारे जानकारी लिन सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५