close

सिमकार्ड वितरणमा प्राधिकरणको कडाइ, जथाभावी गरे कारबाहीको चेतावनी 

टेकपाना टेकपाना

चैत २२, २०७८ १४:१

सिमकार्ड वितरणमा प्राधिकरणको कडाइ, जथाभावी गरे कारबाहीको चेतावनी 

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सिम कार्ड तथा रिमकार्ड वितरणमा कडाइ गर्न मोबाइल सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

मङ्गलबार एक सूचना प्रकाशित गर्दै नियामकले जथाभावी रुपमा सिमकार्ड तथा रिमकार्ड वितरण भइरहेको प्रति ध्यानाकर्षण जनाउँदै यस्तो निर्देशन दिएको हो ।

‘मोबाइल सेवा प्रदायकका सिमकार्ड तथा रिमकार्डहरू बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने केवाईसी फाराम रीतपूर्वक नभरी र नियमानुसार कागजातहरू रुजु नगरी सेवा प्रदायकबाट सिमकार्ड तथा रिमकार्ड बिक्री वितरण भइरहेको बुझिन आएको छ,’ प्राधिकरणको सूचनामा भनिएको छ ।

नियामकले सेवा प्रदायकहरूलाई दिएको निर्देशन र नियमानुसार ग्राहकलाई रीतपूर्वक केवाईसी फारम भर्न लगाई र विवरण रुजु गरेर मात्र सिमकार्ड तथा रिमकार्ड बिक्री वितरण गर्न सचेत गराएको छ ।

साथै ग्राहकहरूले समेत आफ्नै वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड तथा रिमकार्ड खरिद गर्न आग्रह गरिएको छ ।

‘यस सूचना विपरीत हुने गरी सिमकार्ड तथा रिमकार्ड खरिद बिक्री गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ प्राधिकरणले चेतावनीको शैलीमा भनेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५