close

डिशहोम रिचार्ज गर्ने भाग्यशाली ग्राहकले पाए एक-एक लाख नगद

टेकपाना टेकपाना

बैशाख १३, २०७९ १२:७

डिशहोम रिचार्ज गर्ने भाग्यशाली ग्राहकले पाए एक-एक लाख नगद

काठमाडौं । डीटीएच सेवा प्रदायक डिशहोमले सञ्चालन गरेको १ वर्षमा २४ महिना योजना अन्तर्गत भाग्यशाली दुई ग्राहकले एक-एक लाख नगद जितेका छन् ।

यो योजना अनुसार डिशहोम रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म डिशहोम डीटीएच सेवा उपभोग गर्न पाउनेछन् । साथै हरेक हप्ता लक्की ड्रमार्फत् एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

यसै योजना अन्तर्गत वैशाख ५ र वैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः CAS ID 71900831042 र 02564251703 भएका ग्राहकले एक–एक लाख रूपैयाँ जित्न सफल भएका छन् ।

डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकहाँ गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको एक बर्षको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२