close

नेपालमा डिजिटल करेन्सी जारी गर्ने राष्ट्र बैंकको घोषणा

टेकपाना टेकपाना

बैशाख १४, २०७९ १५:५२

नेपालमा डिजिटल करेन्सी जारी गर्ने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा (डिजिटल करेन्सी) ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भौतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो ।

राष्ट्र बैंककाे ६७औं वार्षिक स्थापना दिवसको अवसरमा राजधानीमा आयोजना गरिएकाे एक कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल मुद्रा ल्याउन लागेको जानकारी दिए ।

पछिल्लो पटक विश्वमा क्रिप्टोकरेन्सी, डिजिटल करेन्सीको निकै चर्चा चलिरहेको छ । यस्तोमा क्रिप्टोकरेन्सीलाई अवैध कारोबार भन्दै आएको राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउन तयारी गरेको हो ।

त्यसका लागि सार्क राष्ट्र अन्तर्गतका केन्द्रीय बैंकहरूको प्रतिनिधि सहितको समूहले कन्सेप्ट पेपर तयार पारिरहेकाे जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२