close

एलन मस्कलाई जेफ बेजोसको प्रश्नः अब चीनमा ट्वीटर भविष्य के हुन्छ ?

टेकपाना टेकपाना

बैशाख १४, २०७९ १६:३५

एलन मस्कलाई जेफ बेजोसको प्रश्नः अब चीनमा ट्वीटर भविष्य के हुन्छ ?

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले एलन मस्कले ट्वीटर खरिद गरेपछि यो प्लेटफर्मले चीनमा कस्तो स्थान पाउँछ भनेर प्रश्न उठाएका छन् । हाल चीनमा ट्वीटर प्रतिबन्धित छ ।

तर चीनको साङघाईमा टेस्लाको प्लान्ट रहेको छ, जहाँ उत्पादन भएका टेस्लाका विद्युतीय कार विश्वभर बिक्री हुने गरेका छन् । एलन मस्कले स्वतन्त्र अभिव्यक्तिलाई बढावा दिनका लागि आफूले ट्वीटर खरिद गर्ने निर्णय लिएको बताएका छन् । 

यद्यपि स्वतन्त्र अभिव्यक्तिकै नाममा ट्वीटर र चीनबीचको सम्बन्ध चिसिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको प्रचारवाजीका लागि बनाइएका दुई लाखभन्दा अकाउन्टहरू ट्वीटरले बन्द गरिदिएको छ । यही विषयलाई लिएर अब चीनमा ट्वीटरको भविष्य के होला भन्दै बेजोसले यस्तो कुरा उठाएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२