close

स्न्यापच्याटले ल्यायो फ्लाइङ ड्रोन, अब फोटो खिच्न सेल्फी स्टिक नचाहिने

टेकपाना टेकपाना

बैशाख १९, २०७९ १५:४४

स्न्यापच्याटले ल्यायो फ्लाइङ ड्रोन, अब फोटो खिच्न सेल्फी स्टिक नचाहिने

काठमाडौं । फोटो शेयरिङ एप स्न्यापच्याटले सेल्फी स्टिकलाई विस्थापित गर्नेगरी ‘फ्लाईङ क्यामेरा’ सार्वजनिक गरेको छ । हाल सेल्फी खिच्न ‘सेल्फी स्टिक’ प्रयोग हुँदै आएको छ ।

तर, त्यसको विकल्पको रुपमा कम्पनीले सानो आकारको सेल्फी क्यामेरायुक्त ड्रोन सार्वजनिक गरेको हो । ‘पिक्सी’ साना सेल्फी ड्रोन कम्पनीले आफ्नै ब्राण्ड कलर अर्थात पहेंलो रंग रहेको छ ।

यसमार्फत प्रयोगकर्ताले स्न्यापच्याटमा सोझै ड्रोनबाट फोटो खिचेर पठाउन सकिने जनाइएको छ । तर, त्यसका लागि ड्रोनलाई मोबाइलमा जोड्नुपर्ने जनाइएको छ ।

हातमै अट्ने यो ड्रोनको साइडमा क्यामेरा दिइएको छ । यो ग्याजेट पहिलो चरणमा युके र अमेरिकामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२