close

क्यामेराका लागि साओमीको लाइकासँग सहकार्य, आउँदो जुलाईमा नयाँ स्मार्टफोन आउने

टेकपाना टेकपाना

जेठ ९, २०७९ ११:३४

क्यामेराका लागि साओमीको लाइकासँग सहकार्य, आउँदो जुलाईमा नयाँ स्मार्टफोन आउने

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले चर्चित जर्मनी क्यामेरा ब्याण्ड लाइकासँग सहकार्य गरेको छ । यो सँगै कम्पनीले आउँदा जुलाईमा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने जानकारी दिएको छ ।

सम्भवतः साओमी १२ अल्ट्राको रुपमा सार्वजनिक हुने फोनमा लाइकाको क्यामेरा प्रविधि हुनेछ । जसले प्रयोगकर्तालाई हाल बजारमा उपलब्ध फ्ल्यागसिप स्मार्टफोन साओमी १२ प्रोमा उपलब्ध भन्दा परिष्कृत क्यामेरा अनुभव प्रदान गर्ने जनाइएको छ । हुन त कम्पनीले लाइकासँगको सहकार्यमा आउने फोनको नाम खुलाएको छैन् ।

यसरी क्यामेराको लागि लाइकासँग सहकार्य गर्ने साओमी पहिलो कम्पनी भने होइन् । यसअघि भीमोले लाइकासँग यही खालको सम्झौता गरिसकेको छ । भने, अन्य प्रतिस्पर्धी ब्राण्ड ओप्पो, वानप्लस लगाएका ब्राण्डले स्विडिस क्यामेरा निर्माता ह्यासलब्लेड सँग सहकार्य गरेका छन् ।

स्मार्टफोन कम्पनीका लागि यसरी क्यामेरा ब्राण्डसँग सहकार्य गर्नु आफूलाई बजारमा थप प्रभावकारी बनाउनु पनि हो । साओमीले पनि लाइकासँगको सहकार्यमार्फत सोही उपलब्धि हासिल गर्ने योजना बनाएको हो । यसअघि ह्वावेले लाइकासँगको सहकार्यमा फ्ल्यागसिप स्मार्टफोन पी सिरिज र मेट सिरिजलाई ब्राण्डिङ गरेको थियो ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२