close

मुटुको धड्कन र ब्लड अक्सिजन नाप्ने रियलमी स्मार्टवाच

हरिजङ्ग थापा हरिजङ्ग थापा

जेठ ११, २०७९ १३:२९

मुटुको धड्कन र ब्लड अक्सिजन नाप्ने रियलमी स्मार्टवाच

काठमाडाैं । एकपटक फुल चार्ज गरेपछि झण्डै आधा महिना ब्याट्री टिक्ने । ब्लड अक्सिजन, हर्ट रेट, स्लिप मनिटरिङ सुविधासँगै ठूलो अनि हाई रेजाेलुसन टचस्क्रिन भएको डिजाे वाच प्राे नेपाली बजारमा सार्वजनिक भएको छ ।

स्मार्टवाचका पारखीलाई यसको उपयोगिताबारे खासै बताइरहनु पर्दैन । तैपनि छोटोमा भन्दा बारफोन र स्मार्टफोनबीचमा जुन भिन्नता हुन्छ, वाच र स्मार्टवाचबीच पनि लगभग त्यस्तै फरक छ ।

कतिपयलाई लाग्नसक्छ, हातमा स्मार्टफोन हुँदा हुँदै स्मार्टवाच किन चाहियो ? प्रश्न स्वाभाविक नै हो । तर स्मार्टवाचमा कतिपय यस्ता फिचर हुन्छन्, जुन महंगा स्मार्टफोनमा समेत हुँदैनन् । त्यसैले स्मार्टफोन बोक्नेहरुको आकर्षण बन्दै गइरहेको छ स्मार्टवाच ।

मैले लगाइरहेको यो स्मार्टवाच Dizo Watch Pro हो, जसमा स्मार्टवाचमा हुने लगभग सबैजसो फिचर उपलब्ध छन्। घडी समय हेर्न मात्रै होइन, फेसनको लागि पनि लगाइन्छ । स्क्वायर सेपमा रहेको यो स्मार्टवाच पनि हेर्दा फेसनेबल देखिन्छ ।

कन्ट्रोलका लागि एउटा बटन दिइएको छ भने पछाडिपट्टि म्यागनेटिक पिनबाट चार्ज गर्ने ठाउँसँगै हर्ट रेट र ब्ल्ड अक्सिजन मनिटरको लागि सेन्सर र लाइट रहेका छन् ।

त्यस्तै स्मार्टवाचमा २२ एमएमको रिमुभेबल सिलिकन फिता छ, जसलाई १५० देखि २१५ एमएमसम्म एडजस्ट गरेर लगाउन सकिन्छ ।

यो एकदमै हल्का पनि छ । सरदर यसको तौल ४० ग्राम मात्रै भएकाले हातमा लगाउँदा भारी फिल हुँदैन ।

तुलनात्मक रुपमा भन्नुपर्दा यसको डिस्प्ले ठूलो छ, जुन Dizo Watch Pro को एउटा अब्बल पक्ष हो । 1.75 inch diagonal length भएको यो स्मार्टवाचमा फूल स्क्रिनटच डिस्प्ले छ। जसको रेजाेलुसन 320*385 Pixel छ । TFT LCD भएपनि यसको Brightness भने 600 nits को छ ।

डिस्प्लेको सुरक्षाको लागि यसमा पाण्डा ग्लास राखिएको छ, जसले डिस्प्लेलाई स्क्र्याच हुनबाट राम्रैसँग जोगाउन सक्छ । TFT LCD को सट्टामा यो भन्दा बेस्ट डिस्प्ले भइदिएको भए अझै राम्रो हुन्थ्यो होला ।

तर बजेट र पर्फर्मेन्सको हिसाबले यसलाई उपयुक्त नै मान्न सकिन्छ । यसको टचस्क्रिनले निकै मजासँग काम गर्दो रहेछ। डिस्प्लेमा पानी राखेर चलाउँदा पनि टच स्क्रिनले राम्रैसँग काम गरिरहेको थियो ।

स्क्रिनलाई बाँयाबाट दायाँतर्फ स्क्रोल गर्दा नोटिफिकेसनहरु देखिन्छन् भने दाँयाबाट बाँयाँतर्फ स्क्रोल गर्दा एप्स मेन्यु देखापर्छ । यस्तै अगाडिबाट पछाडिपट्टि स्क्रोल गर्दा Activity Logs देख्न सकिन्छ, जहाँ Steps सँगै अन्य थुप्रै जानकारी पनि पाउन सक्छौं ।

यदि पछाडिबाट अगाडि स्क्रोल गर्ने हो भने केही Quick Setting का अप्सनहरु उपलब्ध हुन्छन्, जसबाट हामीले एक ट्यापमै Do not disturb on/off, Brightness Control, Battery Saving Mode On/Off, Raise to Wake On/Off, Torch on/off र Setting मा पुग्न सक्छौं ।

स्मार्टवाचमा स्मार्टफोनमा नहुने Heart Rate, Blood Oxygen सँगै Sleep Monitor को सुविधा पनि छ। हरेक वर्कआउट वा एक्सरसाइज गर्दा होस् वा आरामले बस्दा नै किन नहोस् २४ सै घण्टा यो स्मार्टवाचले Heart Rate स्वचालित रुपमा जाँचिरहेको हुन्छ ।

यदि Heart Rate High भयो भने यसले अलर्ट गर्ने काम पनि गर्छ। हामी कति घण्टा सुत्यौं र गहिरो निन्द्रा कत्तिको पर्‍यो भन्ने कुराको जानकारी पनि यसबाट पाउन सकिन्छ ।

हामी धेरैबेरसम्म हलचल नगरी बस्यौं भने पनि यसले स्वस्थ शरिरका लागि जिउ तन्काउन वा हिँडडुल गर्न सम्झाउँछ। यस्तै पानी पिउने रिमाइन्डर पनि यसमा राख्न मिल्छ ।

साथमा यसले Breathing Exercise पनि गर्न सघाउँछ। हामी कति पाइलामा कति दूरी पार गर्‍यौं र त्यसका लागि कति क्यालरी खर्च भयो त्यो जानकारी पनि यो स्मार्टवाचबाट सजिलै थाहा पाउन सक्छौं। जुन कुरा स्मार्टफोनबाट पाउन सकिँदैन ।

खेलकुदतर्फ आकर्षण भएकाहरुको लागि त यो स्मार्टवाच अझै बढी उपयोगी छ। शारिरीक तन्दुरुस्तीका लागि यसमा ९० वटा विभिन्न Sports Functions हरु छन् ।

Realme Link App भित्र गएर त्यसमध्ये छानेर १५ वटालाई वाचको वर्कआउट लिस्टमा राख्न सक्छौं। Dizo Watch Pro लाई स्मार्टफोनमा कनेक्ट गर्न Realme Link App को आवश्यकता पर्छ ।

Realme Brand का फोनहरुमा यो App Preinstalled नै हुन्छ। अन्य Android वा iOS फोनमा भने Play Store वा App Store बाट Installed गर्न सकिन्छ ।

Realme Link App खोलेर Add Device गर्नुभयो भने Top Right Side मा Scanner Icon देखिन्छ। त्यहाँ ट्याप गरेर हामीले Dizo Watch Pro को Screen मा देखिएको QR Code स्क्यान गरी Smart Watch लाई स्मार्टफोनसँग कनेक्ट गर्न सक्छौं।

कनेक्ट भइसकेपछि Realme Link App मा Smart Watch नाम देखिन्छ। त्यहाँ ट्याप गरेर हामीले Smart Watch को सबै सेटिङहरु मिलाउन सक्छौं। सुरुमै वाचमा कति ब्याट्री छ, पछिल्लो समय कहिले चार्ज गरिएको थियो भन्ने जानकारी पाउन सक्छौं ।

त्यो भन्दा तल Face Gallery छ। जहाँ ८ क्याटेगोरीका सयभन्दा बढी वाच फेसहरु उपलब्ध छन्। स्मार्टवाचको स्क्रिनमा ट्याप गरेर एकैछिन होल्ड गर्ने हो भने वाचको फेस तुरुन्तै परिवर्तन गर्न सकिन्छ ।

यस्तै कल रिमाइन्डरसँगै कुन कुन एपको नोटिफिकेसन वाचमा देखाउने भनेर सेट गर्न सकिन्छ भने Workouts भित्र गएर आवश्यकता अनुसार हटाउन वा थप्न सक्छौं । Tile भित्र गएर वाचको स्क्रिन अगाडिपट्टी स्वाइप गर्दा के के देखिने बनाउने भनेर छान्न मिल्छ भने Apps भित्र आवश्यकता अनुसार एपहरु राख्न हटाउन वा रिअर्डर गर्न सकिन्छ ।

Health Reminder हरु on/off गर्न र Find my phone, camera, music control function लाई on/off गर्न पनि यहीँबाट मिल्छ । Smart Watch को डेटा Realme Link App को Health Section बाट सजिलै हेर्न सकिन्छ ।

एप खोलिसकेपछि डेटा सिंक हुन भने थोरै समय लाग्दो रहेछ जुन कतिपयलाई अलि बढी पनि लाग्न सक्छ । यो स्मार्टवाच एकपटक फुल चार्ज गरेपछि दुई हप्तासम्म टिक्छ भन्ने कम्पनीको दाबी थियो ।

यो सुन्दा स्मार्टवाचको ब्याट्री यति धेरै टिक्ला र ? भन्ने मलाई पनि लागेको थियो । तर एक हप्ता हातमा स्मार्टवाच लगाइसकेपछि म ढुक्क भएको छु । किनकि हप्ता दिनसम्म नर्मल सेटिङमा स्मार्टवाच चल्दा जम्माजम्मी ४० प्रतिशत मात्रै ब्याट्री सकिएको थियो ।

यसैको आधारमा पनि भन्न सकिन्छ पावर सेभिङ मोड बिना पनि यो स्मार्टवाच एकपटक चार्ज गरेपछि दुई हप्ता मजासँग चल्छ । लामो ट्रेकिङ वा घुमघाममा हिँड्दा पनि यो स्मार्टवाच एकदमै उपयोगी हुनसक्छ । यसमा ३९० एमएएच क्षमताको ब्याट्री छ, जसलाई फुल चार्ज गर्न लगभग साढे दुई घण्टा लाग्छ ।

ब्याट्री टिकाउ भएपनि चार्जिङ टाइम चाहिँ अलि बढी नै हो कि भन्ने फिल हुन सक्छ । तर १५ दिनमा एकपटक भएकाले सयाद यसलाई ठूलो समस्या मान्न पर्दैन ।

स्मार्टवाचको मुख्य कमजोरी भनेकै सानो स्क्रिन अनि कम ब्याट्री ब्याकअप हुन्थ्यो । तर त्यो दुवै कमजोरीलाई सुधार गर्दै डिजाे वाच प्राे अब्बल बन्न सफल भएको छ ।

त्यसको साथमा यो स्मार्टवाचले IP68 Rating पनि पाएको छ। भन्नुको मतलब धुलो र पानी छिर्ला भन्ने डर हामीले गरिरहनु पर्दैन । धुलोमा हिँड्दा, काम गर्दा होस् कि नुहाउँदा अथवा पौडी खेल्दा नै किन नहोस् स्मार्टवाच फुकाल्नु पर्दैन ।

फोनमा GPS त छ नै, साथै अझै बढी Accuracy को लागि GLONAAS पनि Built In नै छ। जसले गर्दा हामीले Hiking गरेको वा हिँडेको बाटोहरु म्यापमा सजिलै देखिन्छ ।

समग्रमा भन्दा ठूलो स्क्रिन, टिकाउ ब्याट्री, ९० भन्दा धेरै खेलकुदसँगै Automated Health Monitoring System यो स्मार्टवाचको अब्बल पक्ष हुन् । ब्याट्रीको मामलामा त यो स्मार्टवाचले जो कोहीको मन जित्नसक्छ जस्तो मलाई लाग्छ ।

तर यसमा फोन उठाउन मिल्ने सुविधा भने छैन। कसको फोन आयो हेर्न मिल्छ, तर रेस्पोन्स गर्न मिल्दैन । त्यो पनि भइदिएको भए यो स्मार्टवाच अझै अब्बल हुन्थ्यो ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२