close

काठमाडौं महानगर अन्तर्गतका कार्यालय र सार्वजनिक स्थलमा फ्रि वाई-फाई 

टेकपाना टेकपाना

असार ५, २०७९ २१:३३

काठमाडौं महानगर अन्तर्गतका कार्यालय र सार्वजनिक स्थलमा फ्रि वाई-फाई 

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका कार्यालय तथा सार्वजनिक स्थलहरूमा फ्रि वाई-फाईको व्यवस्था गरिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरको सेवामा सेवाग्राहीको पहुँचलाई सहज बनाउन आफू मातहतका कार्यालय र अन्य सार्वजनिक स्थलमा फ्रि वाई-फाई व्यवस्थापन गरिने उल्लेख गरे ।

साथै शिक्षा र ज्ञानलाई प्राथमिकता दिँदै महानगरपालिकाको आफ्नो छुट्टै ई-लाइब्रेरी पनि सञ्चालन गरिने उनले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३