close

लक गरिएका फेसबुक प्रोफाइल कसरी हेर्ने ?

टेकपाना टेकपाना

असार १६, २०७९ १५:४१

लक गरिएका फेसबुक प्रोफाइल कसरी हेर्ने ?

काठमाडौं । फेसबुकमा कतिपय प्रयोगकर्ताले आफ्नो प्रोफाइल लक गरेर राखेका हुन्छन् ।

त्यस्ता प्रोफाइलको फोटो सामान्य तरिकाले हेर्न मिल्दैन ।

प्रोफाइल लक गरेको व्यक्ति को होला भन्ने जिज्ञासा हामी सबैमा हुन्छ । प्रोफाइलमा क्लिक गर्दा ‘दिस प्रोफाइल इज लक्ड’ भनेर देखाउँछ ।

तर त्यस्ता लक्ड प्रोफाइलका व्यक्ति को हुन् भनेर थाहा पाउन सकिन्छ ।

यसका लागि सबैभन्दा पहिले आफूले फोटो हेर्न चाहेको लक्ड प्रोफाइलमा जानुहोस् ।  त्यसपछि प्रोफाइल फोटोमा राइट क्लिक गरी इन्स्पेक्ट गर्नुहोस् ।  

यसरी इन्स्पेक्ट गरिसकेपछि सेलेक्टमा थिच्नुहोस् । 

त्यसपछि माउसको कर्सरले प्रोफाइल फोटोमा पोइन्ट गर्नुहोस् ।  

त्यो पोइन्ट गर्दा साइडमा देखिने फोटो को करेस्पन्डिङ्ग एलिमेन्टलाई कपी गर्नुहोस् ।  

कपी गरेको इलिमेन्टलाई कुनै पनि टेक्स्ट इडिटर (Notepad, Msword) मा पेस्ट गर्नुहोस् ।  

त्यसपछि https भन्दा अघिको टेक्स्ट डिलिट गर्नुहोस् ।  

डिलिट गरिसकेपछिको टेक्स्टलाई फेरि कपी गरेर ब्राउजरमा पेस्ट गर्नुहोस् । 

यति गरिसकेपछि यसले तपाईंलाई सम्बन्धित व्यक्तिको फोटो छुट्टै ट्याबमा देखाउँछ ।   

यसरी तपाईंले लक्ड प्रोफाइल फोटो हेर्न सक्नुहुन्छ । यद्यपि गाेपनीयताकाे विषय जाेडिएकाले लक गरेका प्रोफाइल नहेरेकै राम्रो हुन्छ ।

फेसबुकमा किन गरिन्छ प्रोफाइल लक ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३