close

थाहा पाइराख्नुहोस्, फेसबुक अकाउन्ट लक हुँदा रिकभर गर्ने तरिका

टेकपाना टेकपाना

जेठ २६, २०७९ १८:२५

थाहा पाइराख्नुहोस्, फेसबुक अकाउन्ट लक हुँदा रिकभर गर्ने तरिका

काठमाडौं । यदि तपाईंले फेसबुककाे नीति विपरीत कुनै काम गर्नुभयो भने तपाईंको अकाउन्ट ब्यान (प्रतिबन्ध) हुनसक्छ । फेसबुकले आफ्नो नीतिमा के-कस्ता कुरा गरे प्रतिबन्ध लाग्ने भन्ने उल्लेख गरेको छ ।

आज हामी फेसबुकमा के-के गरेको खण्डमा प्रतिबन्ध लाग्छ र प्रतिबन्ध लागिसक्यो भने के गर्न सकिन्छ भन्ने कुराको जानकारी दिन्छौं ।

तपाईंले कुनै त्यस्ता पोस्ट, कमेन्ट गर्नुभयो जसले अश्लीलता, हिंसात्मक गतिविधि, स्पाम फैलाउने, अनाधिकारिक बिक्री, गलत सूचना प्रवाह र दुर्व्यवहार दर्शाएका हुन्छन्, त्यस्ता पोस्ट वा कमेन्ट पाउनसाथ फेसबुकले तपाईंको अकाउन्टमा बिना कुनै जानकारी प्रतिबन्ध लगाइदिन्छ ।

त्यस्तै कतिपय त्यस्तो अवस्था, जसमा तपाईंले पहिले कहिल्यै नगरेका काम एकाएक सुरु गर्नुहुन्छ, जस्तै धेरै ग्रुपहरूमा पोस्ट शेयर, आफ्नो टाइमलाइनमा धेरै पोस्ट, अनावश्यक रूपमा एकैपटक धेरै साथी एड गर्ने गर्नुहुन्छ भने फेसबुकले त्यो कार्य गर्ने व्यक्ति तपाईं होइन भन्ने अनुमान गरी अकाउन्ट लक गरिदिने गर्छ ।

वा तपाईंको अकाउन्टबाट अनाधिकारिक रूपमा केही कार्य भइरहेका छन् भने तपाईंको अकाउन्ट लक हुने सम्भावना धेरै हुन्छ । 

अकाउन्ट लक भइसकेपछि त्यसलाई खोल्ने विभिन्न प्रक्रिया हुन्छन्, जसमा आफूसँग बढी अन्तर्क्रिया हुने साथी चिन्नुपर्ने, आफ्नो जन्ममिति थाहा पाउनुपर्ने, वा ईमेलबाट भेरिफाई गर्नुपर्ने हुन्छ ।

यदि तपाईंले यी कार्य नगरेको खण्डमा आईडी सधैँका लागि लक हुनसक्छ ।

त्यसैले आफूले फेसबुकमा चिनजान भएका मान्छे एड गर्ने, आफूले फेसबुकमा कुन ईमेल वा जन्ममिति प्रयोग गरेको छ भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ । अब जानौँ फेसबुक अकाउन्ट रेस्ट्रिक्ट भयो भने के गर्ने भन्नेबारे ।

तपाईंले आफ्नो फेसबुक अकाउन्टबाट फेसबुकका नीति विपरीतका कुनै पनि कार्य गर्दा अकाउन्ट रेस्ट्रिक्ट हुन्छ भन्ने कुरा त माथि नै उल्लेख गर्‍यौं ।

कुनै कारणवश अकाउन्ट रेस्ट्रिक्ट भयो भने के गर्ने भन्ने कुरा आउँछ । पहिलो पटक तपाईंले फेसबुकको नीति विपरीत पोस्ट, स्टोरी वा कमेन्ट गर्नुभयो भने फेसबुकले तपाईंले अब यस्तो कार्य गरेमा अकाउन्ट रेस्ट्रिक्ट हुन्छ भनेर चेतावनी दिन्छ ।

दोस्रो पटक २४ घण्टाका लागि अकाउन्ट प्रतिबन्ध लाग्छ । त्यस्तै तेस्रो पटक ४८ घण्टाका लागि, चौथो पटक ३० दिन र पाचौँ र त्यसपछि जतिपटक नीति विपरीत काम गर्‍यो, त्यसमा अनिश्चित कालका प्रतिबन्ध लाग्ने गर्छ ।

फेसबुकले प्रतिबन्ध लगायो भने तपाईंले फेसबुकका कुनै पनि फिचर प्रयोग गर्न सक्नु हुन्छ । कुनै अवस्थामा मेसेजको फिचर भन्ने प्रयोग गर्न सक्नुहुन्छ । तपाईंले कस्तो किसिमको नीति उल्लङ्घन गर्नुभयो भन्ने कुराले तपाईंको अकाउन्टमा कति समयका प्रतिबन्ध लाग्ने भन्ने कुरा निर्धारण गर्छ ।

प्रतिबन्ध लाग्ने समय तोकिएको छ भने त तपाईं पर्खिन सक्नुहुन्छ । तर, समय तोकेको छैन भने कहिलेसम्म पर्खनु ? तपाईंले आफ्नो फोनमा अन्य अकाउन्ट प्रयोग गर्नुभयो भने त्यो अकाउन्टमा पनि प्रयोग गर्न सक्नुहुन्न ।

त्यसैले पनि अकाउन्ट रेस्ट्रिक्सन हटाउनुपर्ने हुन्छ । फेसबुक अकाउन्टमा आएको रेस्ट्रिक्सन हटाउन तपाईंले फेसबुकको सपोर्ट सेन्टरमा आफ्नो समस्या राख्नुपर्ने हुन्छ ।

  • त्यसका लागि सबैभन्दा पहिले फेसबुकमा जानुहोस् ।
  • कुनै पनि पोस्टमा लाइक गर्नुहोस् । लाइक गरिसकेपछि तपाईंको अकाउन्ट रेस्ट्रिक्ट भएको छ भन्ने नोटिस आउँछ ।
  • त्यसको स्क्रिनशट लिनुहोस् । त्यसपछि फेसबुकको होमपेजमा आउनुहोस् ।  
  • माथि दायाँपट्टि भएको तीनवटा बारमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि ‘हेल्प एण्ड सपोर्ट’ अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि ‘रिपोर्ट प्रब्लम’ अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि ‘कन्टिन्यु टु रिपोर्ट प्रब्लम’ मा ट्याप गर्नुहोस् ।
  • त्यसपछि ‘इन्कुल्ड ईन रिपोर्ट’ (Include in report) अप्सनमा ट्याप गर्नुहोस् । त्यहाँ थुप्रै विकल्पहरू समावेश हुन्छन् । तपाईंले प्रोफाइल अप्सन खोज्नुपर्ने हुन्छ ।
  • तपाईंले डिस्क्राइब द इस्यु (Describe the issue) लेखिएको बक्समा तपाईंले प्रतिबन्ध लगाएको कुरा उल्लेख गर्नुपर्ने हुन्छ । त्यसको तल एड इमेजमा गई पहिले स्क्रिनशट लिएको फोटो छान्नुपर्ने हुन्छ ।
  • त्यसपछि दायाँपट्टि माथि ‘सेन्ड’ को आइकन रहेको हुन्छ । तपाईंले सबै प्रक्रिया पूरा गरिसकेपछि सेन्ड गर्न सक्नुहुन्छ ।
  •  तपाईंले कस्तो अवस्थामा फेसबुकको नीति विपरित काम गर्नुभएको थियो भन्ने कुरा फेसबुकको सपोर्ट टिमले मूल्याङ्कन गरी केही दिनमा समय सुल्झाइदिन्छन् । यसरी तपाईंले फेसबुक अकाउन्टमा लागेको प्रतिबन्ध हटाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६