close

फोनको वालपेपरमा यसरी राख्नुहोस् जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको तस्वीर 

टेकपाना टेकपाना

असार २९, २०७९ १५:८

फोनको वालपेपरमा यसरी राख्नुहोस् जेम्स वेब स्पेस टेलिस्कोपबाट खिचिएको तस्वीर 

काठमाडौं । जेम्स वेब स्पेस टेलिस्कोपबाट लिइएको ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भइसकेका छन् । यी तस्वीरहरू ब्रह्माण्डको अहिले सम्मकै सबैभन्दा स्पष्ट र राम्रो गुणस्तरका तस्वीर रहेको दाबी छ । यी तस्वीरहरू आकर्षक र अर्थपूर्ण भएकाले यसलाई आफ्नो फोनको वालपेपरमा राख्न सक्नुहुन्छ । 

तस्बिरहरूको विवरणः 

क्यारिना नेबुला 

क्यारिना नेबुला आकासमा रहेको  सबैभन्दा ठूलो र चम्किलो नेबुला हो । जुन लगभग ७६०० प्रकाश वर्ष टाढा दक्षिणी नक्षत्र क्यारिनामा रहेको छ । नेबुला भनेको बाहिरी अन्तरिक्षमा रहेको ग्यास र धुलोको बादल हो । जुन रातको समयमा आकासमा देखिने गर्छ । क्यारिना नेबुला सूर्य भन्दा कैयौँ गुणा ठूला ताराहरूको घर हो ।

वास्प-९६ बी (स्पेक्ट्रम) (WASP-96 b (Specturm) 

वास्प-९६ बि सौर्य प्रणाली भन्दा बाहिर गरेको ठूलो ग्रह हो । जुन प्रायः ग्यासबाट निर्माण भएको हुन्छ । यो ग्रह पृथ्वीभन्दा ११५० प्रकाश वर्ष टाढा अवस्थित छ । यसले हरेक तीन/चार दिनमा आफ्नो ताराको परिक्रमा गर्ने गर्छ । यसको पिण्ड बृहस्पतिको पिण्ड भन्दा करिब आधाले कम छ । यसलाई सन् २०१४ मा पत्ता लगाएको घोषणा गरिएको थियो ।

दक्षिणी नेबुला चक्र 

दक्षिणी चक्र वा ‘एट ब्रस्ट’ नेबुला एक ग्रहसँग सम्बन्धित नेबुला हो । जुन डाइङ स्टार (आयु सकिन लागेको ताराहरू) को वरिपरि रहेको ग्यासका बादलको विस्तार भइरहेको स्वरूप हो । यो पृथ्वीभन्दा दुई हजार प्रकाश वर्ष टाढा रहेको छ । 

स्टेफेन क्वेनटेट 

स्टेफेन क्वेन्टेट २९० मिलियन प्रकाश वर्ष टाढा कन्सेलेसन पेगाससमा अवस्थित छ । यो सन् सन् १८७७ मा पत्ता लागेको पहिलो कम्प्याक्ट ग्यालेक्सी समूहको रुपमा परिचित छ । क्वेन्टेटमा रहेका पाँचवटा आकाशगंगा मध्ये चारवटा कस्मिकमा बन्द भएका छन् । 

स्माक्स ०७२३ 

स्माक्स ०७२३ (SMACS 0723 )  भोलान्स (Volans) को दक्षिणी नक्षेत्रभित्र रहेको आकाशगंगाको एक समूह हो । यसमा विशेष खोज गर्न हबल र अन्य टेलिस्कोपहरू भ्रमण गरिरहन्छन् ।

यसरी आईफोनमा राख्नुहोस् वालपेपर

माथि रहेका मध्ये कुनै फोटोमा केही बेर दबाउनु भयो भने त्यहाँ सेभको अप्सन देखिन्छ । त्यसपछि फोटोजमा गएर आफूलाई मन परेको फोटो छान्नुहोस् । त्यसपछि तलपट्टि वायाँ छेउमा रहेको शेयर आइकनमा ट्याप गर्नुहोस् । स्क्रोल गरेर तल जानुहोस्, त्यसमा ‘युज एज वालपेपर’ भन्ने अप्सनमा ट्याप गरेर वालपेपर राख्नुहोस् । 

यसरी एन्ड्रोइडमा राख्नुहोस् वालपेपर  

एन्ड्रोइड फोनमा वालपेपर राख्ने तरिका माथि भएका मध्ये आफूलाई मन परेको कुनै तस्बिरमा केही बेर छुनुहोस् । त्यसको तल डाउनलोड इमेजमा गएर सेभ गर्नुहोस् । त्यसपछि ग्यालरीमा गएर त्यो फोटो खोल्नुहोस् । त्यसपछि तल दायाँपट्टि रहेको तीनवटा डटमा ट्याप गर्नुहोस् । त्यहाँ सेट एज वालपेपर भन्ने अप्सन रहेको छ । त्यसमा गएर वालपेपर राख्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३