ट्रेन्डिङ:
तपाईं कहाँ हुनुहुन्छ, गुगल म्यापबाट यसरी शेयर गर्नुहोस् आफ्नो लोकेसन दशैं तिहारमा ओप्पोका उत्पादन खरिद गर्दा ओप्पो एफ१७ प्रो जित्ने अवसर ई-सिम वितरणमा कोटा प्रणाली छैन, बाहिर भ्रम फैलाइयोः टेलिकम सामसङका पुराना फोनमा ब्याट्री फुल्ने दर तीव्र यी १० कारणले ल्यापटपभन्दा डेस्कटप राम्रो दूरसञ्चार सेवाप्रदायक आपसमा गाभिन सक्ने, प्राधिकरणबाट पारित भयो नियमावली थाहा पाइराख्नुहोस् मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ मोफसलमा ईकमर्स : घरघरमा अत्यावश्यक सामानको डेलिभरी थाल्दै ‘फास्टमार्ट’ क्यूआर कोडले कसरी गर्छ काम ? ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द
close

तपाईं कहाँ हुनुहुन्छ, गुगल म्यापबाट यसरी शेयर गर्नुहोस् आफ्नो लोकेसन

टेकपाना टेकपाना

साउन १६, २०७९

तपाईं कहाँ हुनुहुन्छ, गुगल म्यापबाट यसरी शेयर गर्नुहोस् आफ्नो लोकेसन

काठमाडौं । गुगल म्याप्सबाट अब आफू कहाँ छु अथवा कहाँ जादैछु भन्ने जानकारी शेयर गर्न सकिने भएको छ । गुगल म्याप्समा आएको नयाँ अपडेटसँगै अब आफ्नो लोकेसन र आफ्नो कहाँ पुगेँ भनेर सहजै अर्को व्यक्तिलाई शेयर गर्न मिल्ने भएको हाे ।

यो नयाँ लोकेसन शेयरिङ फिचर प्रयोग गरेपछि लोकेसन शेयर गरेको मान्छे कहाँ आइपुग्यो र ठाउँमा आइपुग्यो या पुगेन भन्ने विषयमा म्याप्सले ‘अलर्ट’ नोटिफिकेसन पनि दिन्छ ।

साथै सो व्यक्ति कति समयमा आइपुग्छ लगायतका विवरण पनि हेर्न सकिन्छ । यो फिचर विशेषगरी नयाँ ठाउँमा जाने व्यक्तिहरू तथा एक्लै हिँडेका बालबालिकाका लागि उपयोगी हुनसक्ने कम्पनीको विश्वास छ ।

– आफ्नो आईफोन अथवा एन्ड्रोइड फोनमा गुगल म्याप्स ओपन गर्नुहोस् ।

– स्क्रिनको दाहिनेतिर सबैभन्दा माथि भएको आफ्नो प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् ।

– स्क्रिनमा देखिने लोकेसन शेयरिङ अप्सनमा क्लिक गर्नुहोस् ।

– यसपछि ‘शेयर योर रियल टाइम लोकेसन’ लेखिएको बक्समा उपलब्ध व्यक्तिमध्ये आफूले लोकेसन पठाउन चाहेको व्यक्तिको नाममा क्लिक गर्नुहोस् ।

– यसपछि शेयर बटनमा क्लिक गर्नुहोस् ।

यसरी मेसेजमार्फत आफ्नो लोकेसन शेयर गर्न चाहेको व्यक्तिलाई आफ्नो रियल टाइम लोकेसनबारे जानकारी दिन सकिन्छ ।

लोकेसन प्राप्त गर्ने व्यक्तिले भने प्राप्त लिंकमा क्लिक गरेर लोकेसन शेयर गर्ने मानिस कहाँ पुग्यो अथवा कहाँ छ भनेर सहजै थाहा पाउन सक्नेछन् ।