close

अब आईफोनबाट पठाइसकेको मेसेज फिर्ता ल्याउन र एडिट गर्न सकिने

टेकपाना टेकपाना

भदौ ३, २०७९ १७:१४

अब आईफोनबाट पठाइसकेको मेसेज फिर्ता ल्याउन र एडिट गर्न सकिने

काठमाडौं । एप्पलको नयाँ अपरेटिङ सिस्टम आईओएस १६ आगामी सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । उक्त अपडेटपछि आईमेसेज एपबाट पठाएको मेसेज डिलिट गर्न वा एडिट गर्न सकिनेछ ।

यसको अर्थ तपाईँले पठाइसकेको मेसेज एडिट गर्न सकिने छ । तपाईँले एडिट गरेर पठाएको मेसेज पाउने व्यक्तिले पहिला के थियो भन्ने कुरा समेत हेर्न सक्नेछ । तर, त्यसका लागि पनि अर्को व्यक्तिले आईओएसको १६ औँ संस्करण प्रयोग गरेको हुनुपर्छ ।

साथै तपाईँले यदि झुक्किएर कोही अर्कै व्यक्तिलाई मेसेज पठाउनु भयो भने ‘अनसेन्ड’ (फिर्ता) पनि गर्न सक्नु हुनेछ । यो फिचर आईओएस १६ को बेटा भर्सनमा समेत उपलब्ध छ । 

जसलाई तपाईँले अहिले पनि डाउनलोड गरेर प्रयोग सक्नुहुन्छ । यो फिचरका लागि सन् २०१७ पछि सार्वजनिक भएको आईफोन आवश्यक पर्छ ।

आईओएस १६ भएका आईफोनमा आईमेसेज एडिट गर्ने तरिका  

  • सबैभन्दा पहिले आईफोनको आईमेसेजबाट कसैलाई मेसेज पठाउनुहोस् ।
  • त्यसपछि आफूले एडिट गर्न चाहेको मेसेजमा केही लामो समयसम्म दबाउनुहोस् ।
  • त्यसपछि एडिटको अप्सन छान्नुहोस् ।
  • आफ्नो मेसेज सच्याएर छेउमा भएको निलो टिक आइकनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि सो म्यासेज पाउने व्यक्तिले एडिट गरेको नोट देख्न सकिन्छ ।

आईओएस १६ भएको आईफोनमा आईमेसेज फिर्ता ल्याउने तरिका

  • सबैभन्दा पहिले आईफोनबाट कसैलाई मेसेज पठाउनुहोस् ।
  • त्यसपछि मेसेजमा केही बेर दबाउनुहोस् ।
  • त्यसपछि अनडु सेन्ड (Undo send) छान्नुहोस् ।

यति गरेपछि आफूले पठाएको मेसेज हटाउन सकिन्छ । तर, यदि मेसेज अनसेन्ड गरिएको व्यक्तिले आफ्नो आईफोनमा आईओएस १६ अपडेट भने गरेको हुनुपर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४