close

नक्कली फेसबुक पेज बनाई आईफोन १३ प्रो बेच्ने नाममा ठगी गर्ने व्यक्ति पक्राउ 

टेकपाना टेकपाना

भदौ ३०, २०७९

नक्कली फेसबुक पेज बनाई आईफोन १३ प्रो बेच्ने नाममा ठगी गर्ने व्यक्ति पक्राउ 

काठमाडौं । फेसबुकमा नक्कली पेज बनाई अनलाइनबाट ठगी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका-११ खनार बस्ने २३ वर्षीय प्रसिन चौधरी रहेका छन् । चौधरीले सामाजिक सञ्जाल फेसबुकमा टि-मोबाइल स्टोर पेज खोली उक्त पेजको दुरुपयोग गरी अनलाई ठगी गरेको पाइएको हो ।  

उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरमा फेला पारी प्रहरीले पक्राउ गरेको हो । चौधरीले उक्त पेजको दुरुपयोग गरी आईफोन १३ प्रो मोबाइल सेट सस्तो मूल्य १ लाख १५ हजार रुपैयाँमा बिक्री गर्ने भनी पीडितलाई भन्सार ट्याक्स, डेलिभरी चार्ज बापत बिभिन्न व्यक्तिहरूको ई-सेवा आईडी तथा बैंक खातामा रकम पठाउन लगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनलाई ठगी कसूरमा आवश्यक कारवाही एवं अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको नेपाल प्रहरीले जानकारी दिएको छ।