काठमाडौं । ढुवानी सेवा प्रदायक उपाय र ईसेवाले व्यापारिक सहकार्य गरेका छन् । योसँगै उपायको घर सार्ने र ढुवानी सेवा ईसेवाको एपमार्फत बुक गर्न सकिने भएको छ ।
प्रारम्भिक चरणमा ईसेवाले आफ्नो एपमा ‘घर सराई सेवा’ समावेश गर्नेछ । एप प्रयोगताले एउटा साधारण फाराम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिने बताइएको छ ।
उपभोक्ताले आफ्नो रोजाइको सेवा र गाडी पनि छान्न सक्नेछन् । असोज महिनादेखि यो एपमार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने छ ।
उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले भने, “यो साझेदारीबाट घर सार्ने र बल्क डेलिभरीको आमउपभोक्ताको आधारभूत आवश्यकता पूरा हुने विश्वास लिएका छाैं ।”
त्यस्तै ईसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भने, “ईसेवाले जहिले पनि आमजनतालाई सहज हुने किसिमका सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवा थप गर्दै जानेछौँ ।”