close

ग्यापुको दशैं विशेष अफर, सामान खरिदमा ५० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

असोज ४, २०७९ ८:५५

ग्यापुको दशैं विशेष अफर, सामान खरिदमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म ग्यापु डटकमले दशैं अफर ल्याएको छ । अफरमा ग्यापुले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

शपिङ गर्नेहरुबाट दैनिक शपिङ विजेता घोषणा गरेर आकर्षक गिफ्ट प्रदान गर्ने ग्यापुको हेड अफ अपरेसन सुजनी केसीले बताइन् ।

ग्यापुको दशैं धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यो योजनाअन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा छुट पाइने जनाइएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको एप र कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्याशब्याक, हिमालय बैंकको एप र कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम एक हजार), एनसीसी बैंकको एप र कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत (अधिकतम दुई हजार) र माछापुच्छ्रे बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म (अधिकतम १ हजारसम्म) क्याशब्याक पाइने भएको छ ।

त्यस्तै ईसेवाबाट भुक्तानी गर्नेमध्ये अफर अवधिभिर दैनिक दुई जना ग्राहकले लक्की ड्र मार्फत गिफ्ट भौचर पाउने ग्यापुका हेड अफ बिजनेस अभिमन्यु शर्माले जानकारी दिए ।

ग्राहकले सामान खरिद गर्दा फोन पे, आईएमई पे, कनेक्ट आईपीएस, ईसेवा, प्रभु पे र जुनसुकै बैंकको मोबाइल बैंकिङबाट पनि ‘क्यूआर’ कोडमार्फत भुक्तानी गर्न सक्छन् ।

त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधासमेत उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ ८:५५