ट्रेन्डिङ:
सिङ्गल चार्जमा २०० किमिसम्म गुड्ने आर्चर स्कुटर नेपालमा, मूल्य २ लाख ४० हजार विद्यार्थीलाई सीप सिकाउन इन्फोडेभलपर्सले ल्यायो ‘क्लिक टु करिअर’ आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल विमानस्थलमा थपिए एटीएम र पोस मसिन चिनियाँ मिडिया भन्छः माइक्रोसफ्ट वा ओराकल कसैसँग पनि टिकटक बिक्री हुँदैन आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! कस्तो प्रविधि हो आईफोन १४ मा आएको ‘फोटोनिक इन्जिन’ ? आईओएस १६ अपडेटका कारण आईफोनको ब्याट्रीमा समस्या ! फेसबुकका अनावश्यक पोस्टबाट हैरान हुनुहुन्छ ? यसो गर्नुहोस् आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल
close

सिङ्गल चार्जमा २०० किमिसम्म गुड्ने आर्चर स्कुटर नेपालमा, मूल्य २ लाख ४० हजार

टेकपाना टेकपाना

असोज ५, २०७९

सिङ्गल चार्जमा २०० किमिसम्म गुड्ने आर्चर स्कुटर नेपालमा, मूल्य २ लाख ४० हजार

काठमाडौ‌। नेपाली बजारमा भारतीय ब्राण्डको आर्चर स्कुटर भित्रिएको छ ।

सुन्दर ट्रेडर्स प्राइभेट लिमिटेडले मंगलबार गरेको एक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो स्कुटर सार्वजनिक गरे ।

कम्पनीले मंगलबारदेखि नै स्कुटर बिक्रीका लागि खुला गरिएको जनाएको छ । प्रति घण्टा अधिकतम ४५ किलोमिटरको गतिमा गुड्नसक्ने यो स्कुटरमा ४८ भोल्टेजको लिथियम ब्याट्री जडान गरिएको छ ।

यसले ३ हजार ५ सय आरपीएममा ५.४४ किलोवाट पावर र २९ एनएम टर्क जेनेरेट गर्छ । ब्याट्री क्षमता १० किलोवाट प्रति घण्टा रहेको स्कुटरको ब्याट्री फुल चार्ज गर्न ३ घण्टा ४५ मिनेट लाग्छ ।

त्यस्तै एक पटकको सिङ्गल चार्जमा २०० किलोमिटर सम्म गुडाउन सकिने कम्पनीकाे दाबी छ ।

तीन बर्षको वारेन्टी दिइएको यस स्कुटरमा दुई जना सहज रुपमा यात्रा गर्न सकिन्छ । कम्पनीले यसको मूल्य २ लाख ४० हजार निर्धारण गरेको छ ।