close

कोरियन भिडिओ गेमका पायनियरकी छोरी बनिन् विश्वकै कान्छी अर्बपति

टेकपाना टेकपाना

असोज ७, २०७९ २०:११

कोरियन भिडिओ गेमका पायनियरकी छोरी बनिन् विश्वकै कान्छी अर्बपति

काठमाडाैं । भाग्य पनि कस्ताे ! एकातिर खुसिकाे कुरा, अर्को तिर दु:खकाे । किम जुङ युनलाई यस्तै भयाे । खुसीकाे कुरा, उनी अहिले विश्वको सबैभन्दा कान्छी अर्बपति भएकी छिन् । दु: खकाे कुरा उनका पिता गत वर्षकाे माघमा मात्र दिवंगत भएका थिए । उनका पिता किम जङ्ग जु नेक्सनका दक्षिण कोरियाली संस्थापक थिए । याे एक अनलाइन गेमिङ कम्पनी हाे । देहान्त अघि दक्षिण काेरियाकाे तेस्राे धनाढ्यमा पर्थे उनी । उत्तराधिकारी भएकाले युनले बुबाकाे कम्पनीमा शेयर हिस्सा पाएकी थिइन् । त्यसै कारण उनी अहिले विश्वकै सबैभन्दा कान्छी अर्बपति बनेकी हुन् । उनी र उनकी दिदी जङ्ग मिनले बुबाकाे व्यक्तिगत हाेल्डिङ कम्पनीबाट ३०.७८ प्रतिशत हिस्‍सेदारी प्राप्त गरेका थिए । हिस्सेदारी पश्चात उनीहरू दुवैकाे कुल सम्पति साढे २ अर्ब डलर थियाे । कर तिरेपश्चात भने उक्त सम्पत्ति एक अर्ब डलर माथि रहेकाे छ । सन् २००४ मा जन्मेकी जुङ युन १८ वर्षकै उमेरमा अर्बपति बनेकी छिन् । यस अघि जर्मनीका केभिन डेभिड लेहम्यान कान्छा अर्बपति थिए । उनकाे उमेर २० कटेकाले उक्त स्थानमा जुङ युन आएकी हुन् ।  उनकी आमा यू जुङ्ग ह्युन आफैँमा एक अर्बपति हुन् । उनले यसै वर्ष मात्रै तीन अर्ब डलरको कूल सम्पत्तिका साथ कोरियाका ५० धनीहरूको सूचीमा आफ्नाे नाम लेखाएकी थिइन् ।

पछिल्लो अध्यावधिक: असोज ७, २०७९ २०:१९