close

डिशहोमको दशैं अफर, २९ हजार रूपैयाँमा ३२ इन्चको टिभी, २५० एमबीपीएस इन्टरनेट र आईपीटिभी सेवा

टेकपाना टेकपाना

असोज ८, २०७९ १८:३१

डिशहोमको दशैं अफर, २९ हजार रूपैयाँमा ३२ इन्चको टिभी, २५० एमबीपीएस इन्टरनेट र आईपीटिभी सेवा

काठमाडौं । डिशहोमले नजिकिँदै गरेको दशैँलाई लक्षित गर्दै 'खुसीको साथी' अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यो सेवा ल्याएको हो । 

यस अन्तर्गत कुल ४३ हजार ९९९ रुपैयाँ (भ्याटसहित) मा ४३ इन्चको स्मार्ट टिभी खरिद गर्न सकिन्छ, जसमा एक वर्षका लागि २५० एमबीपीएस गतिको फाइबर इन्टरनेट र तीन डिभाइसमा चल्ने डिशहोम आई टिभी (आईपीटिभी) सेवा पाउन सकिने छ ।

सीमित अवधिका लागि ल्याइएकाे यस अफरमा फाइभजी डुअल ब्यान्ड राउटर र जडान खर्च निःशुल्क गरिएकाे छ ।

त्यस्तै यही अफर अन्तर्गत कुल  २९ हजार २२९ रूपैयाँ (भ्याट सहित) मा ३२ इन्चको एलईडी टिभी पाउन सकिन्छ, जसमा एक वर्षका लागि २५० एमबीपीएस गतिको फाइबर इन्टरनेट र तीन डिभाइसमा चल्ने डिशहोम आई टिभी (आईपीटिभी) सेवा पाउन सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०७९ १८:३९