close

एफवान सफ्टको स्ट्राटेजी डाइरेक्टरमा श्रेष्ठ नियुक्त

टेकपाना टेकपाना

असोज ११, २०७९ १६:९

एफवान सफ्टको स्ट्राटेजी डाइरेक्टरमा श्रेष्ठ नियुक्त

काठमाडौं । एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो ।

उनी यसअघि एफवान ग्रुप अन्तर्गतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा प्रमुख कार्यकारी अधिकृतका रुपमा र ईसेवा मनी ट्रान्सफरमा निर्देशकको रूपमा काम गरिसकेका छन् ।

आफ्नो नयाँ जिम्मेवारी सम्हाल्दै श्रेष्ठले भने, ‘एफवानसफ्ट अन्तर्गतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ, यसलाई थप उचाइ दिन काम गर्नेछु ’।

श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्स् लगायत क्षेत्रका विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढि काम गरेको अनुभव छ । ​स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङमा एमबीए गरेका श्रेष्ठले आफूलाई अब्बल व्यवस्थापकका रुपमा चिनाएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज ११, २०७९ १६:१०