close

सामसङका पुराना फोनमा ब्याट्री फुल्ने दर तीव्र

टेकपाना टेकपाना

असोज १३, २०७९ १३:४७

सामसङका पुराना फोनमा ब्याट्री फुल्ने दर तीव्र

काठमाडौं । स्मार्टफोनमा अन्य जुन कुराका बारेमा सोचिए पनि ब्याट्रीका बारेमा मानिसहरू विरलै सोच्ने गर्छन् । तर, फोन पुरानो हुँदै जाँदा ब्याट्रीको ख्याल गर्न निकै आवश्यक पर्छ । फोन पुरानो हुँदै गएपछि ब्याट्री फुल्ने (सुनिने) समस्या आउने कुरा नौलो होइन ।

समय बित्दै गएपछि निर्माताले यो समस्यालाई कसरी समाधान गर्ने भन्ने कुराको उपाय निकाले । तर, सामसङमा भने अहिले यो समस्या बढ्दै गएको पाइएको छ । युट्युबर अरुण मैनी (Mrwhosetheboss) ले आफ्नो स्टोरमा विभिन्न सामसङ स्मार्टफोनको ब्याट्री फुलेको कुरासहित विस्तृत भिडिओ तयार पारेका छन् ।

उक्त भिडिओमा २०१५ मा सार्वजनिक भएको ग्यालेक्सी एस६ र २०१९ मा सार्वजनिक भएको ग्यालेक्सी ए१० को विवरण समावेश छ । सबैभन्दा पहिले उनले बेलायतको गर्मीको लहरका कारण फोनको ब्याट्री फुलेको आरोप लगाएका छन्, जसले उक्त परिवेशको तापक्रममा ठूलो परिवर्तन ल्याएको हुन सक्छ ।

तर, सोही अवस्थामा राखिएको अन्य ब्रान्ड (आईफोन, असुस र पिक्सेल) का पुराना फोनहरूमा भने केही समस्या देखिँदैन । जब अरुणले उक्त समस्याको बारेमा सबैभन्दा पहिले ट्वीट गर्छन्, त्यसपछि सामसङले तत्कालै उनीमाझ पुगेर ती डिभाइसहरू आफूकहाँ लग्छ । तर, सामसङले न त उनलाई फोनको बारेमा जानकारी दिन्छ न त फोन नै उपलब्ध गराउँछ । त्योभन्दा पनि चिन्ताजनक कुरा त के छ भने यस्तो समस्या सामना गर्नेहरूको भीडमा अरुण एक्ला होइनन् ।

अर्का युट्युबर म्याट अन्सिनी (च्यानल दिस इजका संस्थापक) अरुण उनको स्टोरमा सामसङ एस २० सार्वजनिक हुनुभन्दा पहिलेका हरेक फोनको ब्याट्री फुलेको पुष्टि गर्छन् । सोही ठाउँमा राखेका अन्य ब्रान्डका फोनमा भने केही समस्या आएको देखिँदैन ।

त्यस्तै उक्त भिडिओ युट्युबमा राखिसकेपछि हजारौँ प्रयोगकर्ताले आफूले पनि आफूले उक्त समस्या भोगेको उल्लेख गरेका छन् । त्यस्तै अन्य युट्युबरले पनि उक्त समस्या बाहिर ल्याएका छन् । तर, यो समस्या पनि लामो समयसम्म प्रयोगमा नआएका डिभाइसमा देखिएको छ ।

यदि कुनै पनि सामसङ फोन लामो समयसम्म प्रयोगमा आइरहेका छन् भने ति डिभाइसको ब्याट्री फुल्ने समस्या आउँदैन । सामसङले यस विषयसम्बन्धी हालसम्म कुनै जानकारी दिएको छैन । यो अवस्था सामसङ ग्यालेक्सी नोट ७ सागा विस्पोट हुने समस्या जस्तो जटिल अवस्था भने होइन । तर, यहाँ फोनमा प्रयोग भएका ब्याट्रीमा समस्या भएको हुँदा ब्याट्री फुलेको हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज १३, २०७९ १३:४७