close

त्रिभुवन विमानस्थल वरपर ड्रोन उडाए कारबाही हुने

टेकपाना टेकपाना

असोज १४, २०७९ २०:२२

त्रिभुवन विमानस्थल वरपर ड्रोन उडाए कारबाही हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर ड्रोन उडाएको पाएमा कारबाही गर्न भन्दै चेतावनी दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले विमानस्थलबाट ५ किमि वरिपरिको क्षेत्रमा ड्रोन उडाउन नपाउने कानुनी व्यवस्था भएको पनि जानकारी गराएको छ । 

ड्रोन उडान सम्बन्धि नियम २०२१ मा यस्तो व्यवस्था भए पनि ड्रोन उडाउने गतिविधि भइरहको कुराले प्राधिकरणको ध्यानाकर्षण भएको हो । सूचना मार्फत नै नियम खुलाउँदै प्राधिकरणले अबदेखि ड्रोन नउडाउन तथा यस्तो गतिविधि नगराउन अनुरोध गरेको छ ।

साथै अब यसरी विमानस्थल वरपर ड्रोन उडाएको पाइएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । 

पछिल्लो अध्यावधिक: असोज १४, २०७९ २०:२२