close

करिब १९ घण्टापछि प्ले स्टोरमा फर्कियो ईसेवा

टेकपाना टेकपाना

असोज १५, २०७९ ११:४६

करिब १९ घण्टापछि प्ले स्टोरमा फर्कियो ईसेवा

काठमाडौं । अचानक प्ले स्टोरबाट हटेको ईसेवा पुन उपलब्ध भएको छ । शुक्रबार अपरान्ह ५ बजेदेखि प्राविधिक कारणले प्ले स्टोरबाट हटेको ईसेवा पुन: फर्किएको हो । मोबाइलमा पहिले नै इन्स्टल भएको एप बाहेक नयाँ डाउनलोड गर्न चाहने प्रयोगकर्ताहरू यो समस्याका कारण प्रभावित भएका थिए । अब भने एन्ड्रोइड प्रयोगकर्ताले यो एप प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । 
यसअघि खल्ती, आईएमई पे लगायतका एप पनि गुगल प्ले स्टोरबाट हटेर पुनः प्ले स्टोरमा फिर्ता आएका थियो । तर, पनि बजारमा सुरक्षा कमजोरीका कारण एप प्ले स्टोरबाट हटेको भन्ने विषयहरु बाहिरिएका छन् । कम्पनीले भने यो कुरा गलत रहेको दाबी गरेको छ । आवश्यक कागजातहरू सबै बुझाइ सकेपछि ईसेवा प्ले स्टोरमा फर्किएको कम्पनीले जनाएको छ । 
  

पछिल्लो अध्यावधिक: असोज १५, २०७९ ११:४९