close

फेसबुकमा यसरी बन्द गर्नुहोस् साथी बन्ने सुझाव

टेकपाना टेकपाना

असोज १८, २०७९ ८:३९

फेसबुकमा यसरी बन्द गर्नुहोस् साथी बन्ने सुझाव

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताले पिपुल यू मे नो तथा फ्रेण्ड सजेसनलाई बन्द गर्न सक्छन् । फेसबुकमा कयौं यस्ता व्यक्तिहरु हुन्छन्, जो आफ्नो साथी सर्कल सीमित राख्न चाहन्छन् । यस्तोमा उनीहरुको कोसिस रहन्छ कि उनीहरुका साथीहरुको संख्या धेरै नहोस् ।

जसबाट उनीहरु अनावश्यक पोस्टबाट जोगिन सकुन् । तर फेसबुकको एल्गोरिदम नै यस्तो छ कि, तपाईंको जानकारीको आधारमा आसपासका व्यक्तिहरुबीच सजेसन देखाइरहन्छ ।

जो कुनै न कुनै प्रकारले तपाईंसँग जोडिएका हुन्छन् । यस्तोमा त्यस्ता व्यक्तिहरुलाई हैरानी हुनपुग्छ, जसले फेसबुकमा अनावश्यक फ्रेण्ड सजेसन देख्न पुग्छन् । यति मात्र होइन, साथै उनीहरुलाई फेसबुकले समय समयमा रिमाइन्डर पनि पठाउने गर्दछ ।

कसरी गर्ने बन्द ?

अब कुरा आउँछ अनावश्यक फ्रेन्ड्स सजेसन तथा पिपुल यू मे नो जस्ता रिमाइन्डरबाट कसरी जोगिने त ? यसका लागि सुरुमा फेसबुक एप खोल्नुहोस् र दायाँ कुनामा रहेको तीन वटा धर्सामा थिच्नुहोस् ।

अब थोरै तल रहेको सेटिङ एन्ड प्राइभेसी हुँदै सेटिङभित्र जानुहोस् । त्यसपछि तल रहेको नोटिफिकेसन सेटिङमा प्रवेश गर्नुहोस् ।

अब पिपुल यू मे नो अप्सन देखिनेछ । यहाँ तपाईंले 'अलाउ नोटिफिकेसन अन फेसबुक अप्सन'लाई डिसेबल गर्नुपर्ने हुन्छ ।

यति गरिसकेपछि तपाईंलाई फेसबुकले कुनै पनि प्रकारका फ्रेन्ड्स सजेसन नोटिफिकेसन पठाउने छैन ।

पछिल्लो अध्यावधिक: असोज १८, २०७९ ८:४०