close

ट्वीटरमा जस्तै अब युट्युबमा समेत ‘ह्याण्डल’ उपलब्ध हुने

टेकपाना टेकपाना

असोज ३०, २०७९ ११:२१

ट्वीटरमा जस्तै अब युट्युबमा समेत ‘ह्याण्डल’ उपलब्ध हुने

काठमाडौं । युट्युबले आफ्नो प्लेटर्फममा ठुलो परिवर्तनको तयारी गरेको छ । नयाँ परिवर्तन सँगै प्रयोगकर्ताले आफ्नो युट्युब अकाउन्टको लागि छुट्टै ‘ह्यान्डल’ बनाउन सक्नेछन् ।

हाल ह्यान्डल फिचर ट्वीटर, इन्स्टाग्राम, फेसबुक लगायतका सामाजिक सञ्जालमा उपलब्ध छ । जसमार्फत प्रयोगकर्ताको पहिचान गर्न सहज हुन्छ । उदाहरणका लागि ‘नेम’ राखेर ह्यान्डल बनाउन सकिन्छ । जस्तो कि अब युट्युब च्यानलमा पनि ‘@techpana’ ह्यान्डल राख्न सकिन्छ ।

सोही फिचर युट्युबले समेत उपलब्ध गराउने भएको हो । यो सँगै युट्युब प्रयोगकर्ताले आफ्नो च्यानलको नामसँगै छुट्टै ह्यान्डल समेत बनाउन सक्नेछन् । यसो गर्दा च्यानलको नाममा कुनै असर नपर्ने जनाइएको छ ।

प्रयोगकर्ताले च्यानलको पुरानै नामसँग मिल्ने अथवा आफ्नो नाममा आधारित ह्यान्डल क्रियट गर्न सक्नेछन् । नयाँ ह्यान्डल कै आधारमा सर्च गर्दा च्यानल पहिचानमा समेत सहज हुनेछ ।

ह्यान्डलको नयाँ व्यवस्थाले प्रयोगकर्तालाई आफ्नो च्यानलको विस्तारमा समेत मद्दत पुग्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो फिचर आगामी साताबाट प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।


 

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ १२:१८