close

ह्वाट्सएपमा आयो अनलाइन स्टाटस लुकाउने फिचर, यस्तो छ तरिका

टेकपाना टेकपाना

कात्तिक १९, २०७९ १६:३४

ह्वाट्सएपमा आयो अनलाइन स्टाटस लुकाउने फिचर, यस्तो छ तरिका

काठमाडौं । लामो समयको पर्खाइपछि ह्वाट्सएपले सीमित व्यक्तिहरूका लागि आफ्नो अनलाइन स्टाटस लुकाउन मिल्ने फिचर सार्वजनिक गरेको छ । कम्पनीले यो फिचरको परीक्षण केही महिनादेखि गरिरहेको थियो । अब भने आधिकारिक रुपमा कम्पनीले यो फिचर सम्पूर्ण प्रयोगकर्ताको लागि उपलब्ध गराएकाे छ ।

यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफू अनलाइन भएको कसले देख्न पाउने वा देख्न नपाउने भन्ने कुरा आफैंले छनौट गर्न सक्नेछन् । यदि तपाईं कोही व्यक्तिले तपाईं अनलाइन भएको कुरा थाहा नपाओस् भन्ने चाहनुहुन्छ भने यो फिचर प्रयाेग गर्न सक्नुहुन्छ । 

यसरी लुकाउनुहोस् आफ्नो अनलाइन स्टाटस

- ह्वाटस्एपको 'सेटिङ्स'मा जानुहोस्

- यसपछि 'प्राइभेसी' भन्ने अप्सनमा ट्याप गर्नुहोस्

- 'लास्ट सिन एन्ड अनलाइन' अप्सनमा ट्याप गर्नुहोस्

- 'माइ कन्ट्याक्टस एक्सेप्ट' भन्ने अप्सनमा ट्याप गर्नुहोस्

- यसपछि तपाईंको कन्ट्याक्ट लिस्ट खुल्नेछ । यहाँ गएर तपाईंले आफू अनलाइन भएको थाहा नदिन चाहेको व्यक्तिको सम्पर्क नम्बरहरू छनौट गर्नुहोस् ।

- अन्त्यमा स्क्रिनको दायाँतिर माथि भएको 'डन' अप्सनमा क्लिक गर्नुहोस् ।

 यो प्रक्रिया पूरा भएपछि तपाईंले नचाहेका व्यक्तिहरूले तपाईं ह्वाट्सएपमा अनलाइन हुनुहुन्छ वा हुनुहुन्न भनेर थाहा पाउनेछैनन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १९, २०७९ १६:३४