close

विद्यार्थीका लागि ७० हजार पुरस्कार राशिको ७२ घण्टे ह्याकाथन हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

कात्तिक २६, २०७९

विद्यार्थीका लागि ७० हजार पुरस्कार राशिको ७२ घण्टे ह्याकाथन हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजमा 'बीआईसी ह्याकाथन' आयोजना हुने भएकाे छ । साे कलेजकाे क्लब बोस्टन सेन्टर फर इन्फरमेसन एन्ड टेक्नोलोजीले पुस ११ देखि चार दिनसम्म याे ह्याकाथन गर्न लागेकाे हाे ।

विद्यार्थीहरुले कुनै एउटा विषय छनोट गरी त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङमार्फत प्रस्तुत गर्नुपर्ने छ । पहिलो, दोस्रो र तेस्रो दिन प्रतिस्पर्धीहरुले आफ्नो योजनालाई कोडिङमा परिणत गर्नुपर्छ र चौंथो अर्थात् अन्तिम दिन आफूले बनाएको योजनालाई निर्णायकसामु प्रस्तुत गर्नुपर्ने छ ।

कार्यक्रममा सहभागी हुनका लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ । यसका लागि प्रति टोली ४५ सय रूपैयाँ तोकिएको छ । कार्यक्रममा कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागी जनाउन सक्ने बताइएकाे छ ।

कार्यक्रममा प्रथम हुने समूहलाई नगद ३० हजार रूपैयाँ, दोस्रो हुनेलाई २० हजार र तेस्राे हुनेलाई १५ हजार रूपैयाँ पुरस्कार दिइने आयोजकले जनाएकाे छ । साथै कार्यक्रममा सहभागी टोलीमध्ये एक उत्कृष्ट टोलीलाई नगद पाँच हजार रूपैयाँका साथ प्रमाणपत्र दिइनेछ ।

कार्यक्रममा आफ्नो नाम दर्ता गराउन यहाँ क्लिक गर्नुहोस् । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०७९