close

प्रतिकूल मौसमका कारण ‘उद्यमी शिखर सम्मेलन नेपाल २०२४’ स्थगित

टेकपाना टेकपाना

असोज १७, २०८१ ८:५७

प्रतिकूल मौसमका कारण ‘उद्यमी शिखर सम्मेलन नेपाल २०२४’ स्थगित

 

काठमाडौं । आउँदो शनिवार राजधानीमा हुने भनिएको उद्यमी शिखर सम्मेलन नेपाल २०२४ प्रतिकूल मौसमका कारण स्थगित भएको छ । बुधबार आयोजकमध्येको एक स्विभ्ट टेक्नोलोजीले हालै नेपालमा आएको अविरल वर्षा र बाढीले गर्दा पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नु परेको जानकारी दिएको हो । 

मौसम पूर्वानुमान विभागले असोज १८, १९ र २० गते पनि वर्षा हुने पूर्वानुमान गरेको हुँदा सबैको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय लिएको स्विभ्टले बताएको छ । साथै यसबाट पर्न गएको असुविधाप्रति माफी मागिएको छ । 

त्यस्तै कार्यक्रममा सहभागी हुन तिरेको रकम फिर्ता पनि फिर्ता गरिने भएको छ । यसका लागि दर्ता वा टिकट विवरण सहित आफूहरूलाई सम्पर्क गर्नुपर्ने स्विभ्टले जनाएको छ । यसपछि ५/७ दिनमा टिकटबापतको रकम फिर्ता हुने बताइएको छ ।

अब आउँदो फेब्रुअरीमा कार्यक्रम गर्ने योजना रहेको स्विभ्टले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज १७, २०८१ ८:५७