close

यस्ता छन् एनसेलका उपयोगी डेटा र भ्वाइस प्याक

टेकपाना टेकपाना

कात्तिक ३०, २०७९ १९:३२

यस्ता छन् एनसेलका उपयोगी डेटा र भ्वाइस प्याक

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल आजियाटाले विभिन्न डेटा र भ्वाइस प्याक सञ्चालन गरिरहेकाे छ । यसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकताका आधारमा, दैनिक, साप्ताहिक वा मासिक प्याक छनाेट गर्न सक्छन् । यी प्याक चुनावी समयमा अपडेट भइरहन उपयाेगी हुने कम्पनीकाे विश्वास छ ।

ग्राहकले करसहित रु. ४८ मा २४ घन्टा अर्थात् एक दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्छन् । यसका लागि *१७१२३*२५# डायल गर्नुपर्ने हुन्छ ।

त्यस्तै डेटा सेवामा, ग्राहकले डबल मजा प्याक अन्तर्गत सात दिनको समयसीमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्छन् । याे प्याक लिन *१७१२३*२२# डायल गर्नुपर्ने हुन्छ ।

डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरि किन्दा १० जीबी डेटा प्राप्त गर्छन् ।

त्यस्तै रु. २९ मा ग्राहकले एक दिने १ जीबी अलटाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले *१७१२३*२६# डायल गरी यो प्याक लिन सक्छन् ।

त्यस्तै भ्वाइस सेवाअन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्नसक्ने कम्पनीले उल्लेख गरेको छ । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल रु. २६५ मा सुरु गर्न सक्छन् । यसका लागि *१७११८*३# डायल गर्नुपर्ने हुन्छ ।

अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) रु. ९५ मा एक्टिभेट गर्न सक्छन् ।

ग्राहकले *१७११८*६# डायल गरी प्याक सुरु गर्न सक्छन् । ​एनसेल एप र वेबसाइटमार्फत पनि यी प्याक खरिद गर्न सकिने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०७९ १९:३२