close

आधिकारिक स्रोतबाट यसरी हेर्नुहोस् निर्वाचनको मतपरिणाम

टेकपाना टेकपाना

मंसिर ५, २०७९ १३:१४

आधिकारिक स्रोतबाट यसरी हेर्नुहोस् निर्वाचनको मतपरिणाम

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्यकाे निर्वाचन सम्पन्न भएसँगै अहिले देशका अधिकांश क्षेत्रमा मतगणना जारी छ । विभिन्न मिडिया र सामाजिक सञ्जालमा मतपरिणामका सूचना आइरहेका छन् । तर मतपरिणाम फरक फरक हुँदा धेरै सर्वसाधारण अन्योलमा छन् ।

निर्वाचन आयोगले मतपरिणामको जानकारी दिनका लागि छुट्टै वेबसाइट नै सञ्चालनमा ल्याएको छ । यसका माध्यमबाट वास्तविक समयमा उम्मेदवारको मतपरिणाम थाहा पाउन सकिने आयोगले जनाएको छ

आयोगको साइटबाट मोबाइलमा मतपरिणाम हेर्न भने केही असहज छ । तर, डेस्कटप भ्यु (ल्यापटप वा डेस्कटप कम्प्युटर) मा सहज रूपले मतपरिणाम हेर्न सकिन्छ । मतपरिणाम थाहा पाउन तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले यहाँ क्लिक गरेर निर्वाचन आयोगको साइटमा जानुहोस् ।

-त्यसपछि माथि रहेको मत परिणामको अप्सन छान्नुहोस् ।

-यति गरेपछि त्यहाँ कुन पार्टीको अग्रता छ भन्ने कुरा देख्न सकिन्छ । विभिन्न क्षेत्रका उम्मेदवारको मत परिणाम हेर्नका लागि माथि दायाँपट्टि भएको 'क्षेत्र गत विवरण' मा क्लिक गर्नुहोस् ।

-त्यसपछि सबैभन्दा माथि रहेको प्रदेश छान्नुहोस् लेखिएको अप्सनमा गएर प्रदेश छान्नुहोस् । त्यसपछि जिल्ला छान्नुहोस् । अनि क्षेत्र नम्बर छान्नुहोस् । यति गरेपछि 'सर्च'को अप्सनमा क्लिक गर्नुहोस् ।

-स्क्रोल गर्दै तल गएपछि विभिन्न उम्मेदवारको उक्त क्षेत्रबाट प्राप्त गरेको मतपरिणाम देख्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ १३:१४