close

टीसीएलको 'फुटबल हङ्गामा' अफर, शून्य ब्याजदरसहित किस्तामा टिभी किन्न पाइने

टेकपाना टेकपाना

मंसिर ५, २०७९ १८:४१

टीसीएलको 'फुटबल हङ्गामा' अफर, शून्य ब्याजदरसहित किस्तामा टिभी किन्न पाइने

काठमाडौं । लोकप्रिय एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले जारी अन्तराष्ट्रिय फुटबल विश्वकप प्रतियोगितालाई  लक्षित गर्दै “फुटबल हङ्गामा” नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले टेलिभिजनको खरिदमा आकर्षक नगद छुट र निःशुल्क टीशर्ट प्राप्त गर्न सकिने अफर ल्याएको हो । 

साथै टीसीएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादन खरिद गर्दा एक जना विजेता ग्राहकले बम्पर उपहार स्वरूप ६५ इन्चको फोरके टेलिभिजन जित्न सक्नेछन् । यो उपहार योजनामा सहाभागी हुन चाहने ग्राहकहरूले टीसीएल टाइप गरी आफ्नो नाम र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नु पर्नेछ ।

यो योजना मङ्सिर १ देखि सीमित अवधिका लागि नेपालभर लागू हुने बताइएको छ । कम्पनीले निःशुल्क डेलिभरी तथा इन्स्टलेसन र डेमो उपलब्ध गराउनेछ । साथै एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

टीसीएल ब्राजिलको राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो । चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत नेपालभर टीसीएल ब्राण्डको आधिकारिक बिक्रेतामा ​सीजी ईओएल रहेको छ । 

काठमाडौंको टङ्गाल, कुमारीपाटी, बसुन्धारा, जोरपाटी, भक्तपुर राधेराधे, रबिभवन, कीर्तिपुर, हात्तिगौँडा, त्रिपुरेश्वर, नयाँ बजारमा कम्पनीका सीजी डिजिटल शोरूम रहेका छन् ।  काठमाडौं बाहिर इटहरी, हेटौंडा र भरतपुरमा यस्ता शोरूम खुलेका छन् । 

 

पछिल्लो अध्यावधिक: मंसिर ५, २०७९ १८:४१