close

एलजी, सीजी र बेकोका टिभी, फ्रिज, वाशिङ मसिन शून्य प्रतिशत किस्ता बन्दीमा

टेकपाना टेकपाना

पुस १६, २०८० १०:३६

एलजी, सीजी र बेकोका टिभी, फ्रिज, वाशिङ मसिन शून्य प्रतिशत किस्ता बन्दीमा

काठमाडौं । सीजी डिजिटलले नयाँ वर्ष २०२३ को अवसर पारेर आकर्ष किस्ता बन्दीको योजना सार्वजनिक गरेको छ । कम्पनीले शुन्य प्रतिशत किस्ता बन्दीमा एलजी, सीजी र बेको ब्रान्डका टिभी, रेफ्रिजेरेटर, वाशिङ मसिन, एयर कन्डिसनर लगायतका घरेलु उपकरण खरिद गर्न सकिने अफर ल्याएको हो ।

कम्पनीका अनुसार यसका लागि जगदम्बा क्रेडिटसँग साझेदारी गरिएको छ । यो अफर अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा कार्ड बिना र झन्झट रहित किसिमले घरेलु उपकरणहरू खरिद गर्न सक्नेछन् ।

यो सहकार्यले इलेक्ट्रोनिक्स उपभोक्ताका लागि अब नयाँ आयाम ल्याउने लक्ष्य राखिएको छ । यो सहकार्य अन्तर्गत १२ महिने किस्ताबन्दी सुविधा पाउन सकिनेछ । किस्ताबन्दीको लागि क्रेडिट कार्डको आवश्यकता नपर्ने बताइएको छ ।

यो सुविधा अन्तर्गत ग्राहकले न्यूनतम अग्रिम लागतमा, शून्य प्रतिशत ब्याजदरमा उच्च गुणस्तरीय इलेक्ट्रोनिक्स उत्पादनहरू खरिद गर्न सक्नेछन् । सीजी डिजिटलमा उपलब्ध तीन ओटै ब्रान्डका घरेलु उपकरणहरू विशेष छुट रकममा नै शून्य प्रतिशत ब्याजदर सहितको किस्ताबन्दी सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो सुविधा उपत्यकाभित्र रहेका सबै सीजी डिजिटल शोरुमहरूमा उपलब्ध हुनेछ ।

 

पछिल्लो अध्यावधिक: पुस १६, २०८० १०:४०