close

डिजेल इन्जिनयुक्त गाडीको बिक्री बन्द गर्ने होन्डाको घाेषणा

टेकपाना टेकपाना

मंसिर ७, २०७९ १८:१७

डिजेल इन्जिनयुक्त गाडीको बिक्री बन्द गर्ने होन्डाको घाेषणा

काठमाडौं । जापानी ब्रान्ड होन्डाले भारतीय बजारमा डिजेल इन्जिन भएका कार बिक्री बन्द गर्ने घाेषणा गरेकाे छ ।

याेसँगै भारतमा डिजेलबाट चल्ने हाेन्डाका विभिन्न माेडेलका कारकाे बिक्री बन्द हुनेछ । कम्पनीले आगामी २०२३ को अप्रिल महिनादेखि पूर्ण रूपमा डिजेल इन्जिन र यसबाट चल्ने गाडीकाे बिक्री र उत्पादन राेक्ने याेजना ल्याएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मार्च महिनादेखि कम्पनीले पेट्राेल र हाइब्रिड इन्जिनयुक्त गाडीमात्र बिक्री गर्नेछ । हाेन्डाले सन २०१३ देखि डिजेलयुक्त कारको इन्जिन उत्पादन गर्दै आएको थियाे । नेपाली बजारमा पनि यस ब्रान्डका कार उपलब्ध छन् । 

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १५:६