close

सामसङको विश्वकप अफर, टिभी किन्दा निःशुल्क साउन्डबारदेखि ३० प्रतिशतसम्मको क्याश ब्याक

टेकपाना टेकपाना

मंसिर ११, २०७९ १७:२८

सामसङको विश्वकप अफर, टिभी किन्दा निःशुल्क साउन्डबारदेखि ३० प्रतिशतसम्मको क्याश ब्याक

काठमाडौं । जारी फिफा विश्वकप फुटबलको अवसरमा विद्युतीय सामग्रीको ब्रान्ड सामसङले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले 'एक्सपिरियन्स द एक्साइटमेन्ट' नामक अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकले सामसङको टिभी खरिद गर्दा निःशुल्क साउन्डबारदेखि ३० प्रतिशतसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् । क्यूएलईडी प्रिमियम यूएचडी टिभीहरूको खरिदमा यो अफर लागू हुनेछ ।

यसका साथै ग्राहकलाई निःशुल्क जडान सुविधा समेत उपलब्ध हुनेछ । अफर अन्तर्गत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा टिभी खरिद गर्न सक्नेछन् भने विभिन्न डिस्काउन्ट भौचरहरू पनि प्राप्त गर्न सकिनेछ ।

यसका साथै विभिन्न रेस्टुरेन्टहरूमा विश्वकप फुटबलको लाइभ हेर्नका लागि भौचरहरू समेत रहेका छन् । यो अफर डिसेम्बर ३१ सम्म मान्य रह‍ने कम्पनीले जनाएको छ । 

देशभरका हिम इलेक्ट्रोनिक्स अन्तर्गतका सामसङ प्लाजाहरूबाट सुविधा प्रदान गरिएको अर्कोस्टोर डटकम (arkostore.com) मार्फत उचित मूल्याङ्कनमा आफूसँग रहेको पुरानो टिभी दिएर नयाँ लैजान सकिने सुविधा पनि कम्पनीले दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०७९ १७:२८