close

फेसबुकले तपाईँको प्रोफाइलबाट हटाउँदैछ यस्ता व्यक्तिगत जानकारी

टेकपाना टेकपाना

मंसिर १३, २०७९ ११:५४

फेसबुकले तपाईँको प्रोफाइलबाट हटाउँदैछ यस्ता व्यक्तिगत जानकारी

काठमाडौं । फेसबुकले आफ्ना प्रयोगकर्ताको गोपनीयतालाई मध्यनजर गर्दै उनीहरूको प्रोफाइलबाट केही व्यक्तिगत जानकारीहरू हटाउने भएको छ । फेसबुकले डिसेम्बर १ देखि आफ्ना प्रयोगकर्ताको अकाउन्टबाट केही व्यक्तिगत जानकारीहरू हटाउने तयारी गरेको हो । 

यसका लागि कम्पनीले आन्तरिक काम गरिरहेको छ । यसरी हटाइने जानकारीमा प्रयोगकर्ताको स्थान, पोलिटिकल भ्युज (राजनीतिक विचार), रिलिजियस भ्युज (धार्मिक विचार), इन्ट्रेस्टेड इन (लैङ्गिक आकर्षक) जस्ता विवरणहरू रहेका छन् । 

फेसबुकको प्रयोगलाई थप सहज बनाउन यो काम गर्न लागिएको कम्पनीको भनाई छ । हाल कम्पनी आफैले प्रयोगकर्ताहरूलाई नोटिफिकेसन पठाएर यस विषयमा जानकारी दिइरहेको छ । 

अन्य प्लेटफर्मभन्दा फेसबुकमा बढी व्यक्तिगत विवरण राख्न सकिन्छ । यसले गर्दा पनि फेसबुकमा गोपनीयतालाई लिएर धेरै विवाद पनि हुँदै आइरहेको छ । अब भने कम्पनीले अन्य प्लेटफर्मले प्रोफाइलमा नराखेका फिचरहरू फेसबुकमा पनि हटाउन खोजेको हो । 

माथि उल्लेखित मध्ये आफूल‍ाई चाहिने कुनै जानकारी भएमा आफ्नो डेटा पहिले नै डाउनलोड गर्नको लागि पनि कम्पनीले प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ १२:२२