close

आज बेलुका नबिल बैंकको अनलाइन सेवा अवरुद्ध हुने

टेकपाना टेकपाना

पुस १, २०७९ १७:४२

आज बेलुका नबिल बैंकको अनलाइन सेवा अवरुद्ध हुने

काठमाडौं । शुक्रबार शुक्रबार साँझ ६ बजेदेखि राति ८ बजेसम्म नबिल बैंकको अनलाइन सेवा अवरूद्ध हुने भएकाे छ । यसअन्तर्गत अनलाइन  खाता खोल्ने प्रणाली र भिडिओ केवाईसी सेवा अवरुद्ध हुने बैंकले जनाएकाे छ ।

"आज शुक्रबार नबिल बैंकको अनलाइन खाता खोल्ने प्रणालीको मर्मत कार्य हुन गइरहेकाले मर्मत अवधिभर हाम्रो अनलाइन खाता खोल्ने प्रणाली र भिडिओ केवाईसी सेवा अवरुद्ध हुने जानकारी गराउँदछौं," एक सूचना जारी गर्दै बैंकले भनेकाे छ ।

बैंकका अनुसार सिस्टमकाे मर्मत सम्भारपछि अनलाइन सेवा पुनः सञ्चालनमा आउने छ ।

पछिल्लो अध्यावधिक: पुस १, २०७९ १७:४५