close

इन्टरनेटको दुनियाँमा 'च्याट जीपीटी'को उदय, के साँच्चिकै गुगललाई विस्थापित गर्ला ?

टेकपाना टेकपाना

पुस २, २०७९ २०:५७

इन्टरनेटको दुनियाँमा 'च्याट जीपीटी'को उदय, के साँच्चिकै गुगललाई विस्थापित गर्ला ?

काठमाडौं । यदि केही विषयमा बुझ्नुपर्ने भयो तपाईं के गर्नुहुन्छ ? यदि इन्टरनेटकाे पहुँचमा हुनुहुन्छ भने हतारहतार ब्राउजिङ गर्न थाल्नुहुन्छ हाेला । यसमध्ये धेरैकाे राेजाइमा गुगल सर्च इन्जिन पर्छ । गुगलमा आफूलाई आवश्यक विषयको सटीक जानकारी प्राप्त गर्न मुस्किल नै पर्छ । वा, भनौं आफूले खोजेकै विवरण प्राप्त गर्न हामीलाई थप खोज गर्नुपर्ने हुन्छ ।

३० नोभेम्बरमा  सार्वजनिक भएको च्याट जीपीटी बारे अहिले इन्टरनेटमा सर्वाधिक बढी चर्चा भइरहेको छ । ओपन एआई सन् २०१५ मा आर्टिफिसियल इन्टेलिजेन्टस (एआई)लाई विकास गर्न स्थापित गरिएको संस्था हो । प्रविधि क्षेत्रमा दिग्गज कम्पनीमा काम गरिरहेका एलन मस्क, इल्या सट्टेभर, जर्ज ब्रोकम्यान र कम्युटर इन्जिनियर साम अल्टम्यानले स्थापना गरेका हुन् ।

ओपनएआईले मसिन लर्निङ, रोबोटिक्स, अर्थशास्त्र र कम्प्युटर विज्ञानलगायत विभिन्न क्षेत्रमा अनुसन्धान गर्दै आएको छ । यसअघि कम्पनीले डोल्ली नामक एआई टुल विकास गरेको थियो, जसका माध्यमबाट आवश्यकता अनुसारको निर्देशन दिएर फोटो तयार पार्न सक्छौं ।

हाल सार्वजनिक भएको च्याट जीपीटी एउटा त्यस्तो एआई टुल हो, जसलाई हामी हाम्रो आवश्यकता अनुसारका प्रश्न सोध्न सक्छौं । ओपन एआईका अनुसार यो टुल सार्वजनिक भएको एक हप्तामा करिब १० लाख प्रयोगकर्ता थपिएका छन् ।

के हो च्याट जीपीटी ? कसरी गर्छ काम ?

च्याट जीपीटी अहिले विभिन्न कुराले चर्चामा छ । कुनै विज्ञ मानिसहरूसँग प्रश्न सोध्दा उनीहरूले जति सहजै उत्तर दिन्छन्, च्याट जीपीटीले पनि त्यसरी नै दिने गर्छ । हामीले राखेका प्रश्न, जिज्ञासा अनुसार च्याट जीपीटीले उत्तर तयार पार्छ र हामीलाई पठाउँछ । हरेक पटक ओरिजिनल कन्टेन्ट पठाउने भएकाले त्यसबाट प्राप्त जानकारीलाई विभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ ।

यो एआई टुललाई कतिपयले मनोरञ्जनको माध्यम पनि बनाएका छन् । 

(जेनेरेटिभ प्रि-ट्रेनिङ ट्रान्सफर्मर) भाषा मोडेल र डोटा २-प्लेइङलगायत धेरै प्रभावशाली प्रविधि र उपकरणहरू विकास गरेको छ। एआई बोट, ओपनएआई फाइभ। ओपनएआई एआईको जिम्मेवार विकास र प्रयोगलाई बढावा दिन प्रतिबद्ध छ, र यस लक्ष्यलाई अगाडि बढाउन धेरै पहल र साझेदारीहरू स्थापना गरेको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दि वाल स्ट्रिटका अनुसार च्याट बट एउटा त्यस्तो निःशुल्क उपलब्ध हुने आर्टिफिसियल इन्टेलिजेन्स च्याट बट हो, जसले हाम्रा हरेक प्रश्न वा जिज्ञासाको चित्तबुझ्दो जवाफ दिन्छ । तपाईँले आफ्ना लागि प्रेमगीत लेख्न भन्नुभयो वा अन्य कुनै कुरा लेख्न भन्नुभयो भने यो टुलले तपाईँले उपलब्ध गराएका जिज्ञासा अनुसार गीत तयार पार्छ ।

आफ्नो मस्तिष्कमा जे प्रश्न आउँछन्, तपाईँले ती प्रश्न सोध्न सक्नुहुन्छ । हामी मानवलाई दुई असम्बन्धित विषयमा केही लेख्न दियो भने हामी सोचमग्न हुन्छौं । वा त्यसलाई असम्बन्धित छ भनेर छाडिदिन सक्छौं । तर, यो टुलले दुई असम्बन्धित विषयलाई पनि कसरी जोड्न सक्छ भन्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौँ । हरेक पटक ओरजिनल रिप्लाई दिँदा हामीले कोही मानिसहरूसँग कुरा गरेको आभास हुन्छ ।

तर, यस टुलमा पनि केही कमजोरी छन् । च्याट जीपीटीले कुनै पनि विषयलाई लिएर त्यसको भविष्यवाणी गर्दैन । उदाहरणका लागि हामीले हाम्रो वा हामी बस्ने ठाउँको भविष्यका बारेमा सोध्यौं भने यो टुलले उत्तर दिन असमर्थ भएको जानकारी दिन्छ । कतिपय मानिसहरूले निकै सामान्य प्रश्न जस्तै म को हो वा म कहाँ बस्छु भन्ने प्रश्न सोधिरहेका हुन्छन् । यस्ता अवस्थामा 'तपाईँ को हो भन्ने कुरा तपाईँलाई मात्र थाहा हुन्छ' जस्तो सन्तोषपूर्ण उत्तर दिन्छ ।

पछिल्लो समय यो च्याटबोट सामान्य विद्यार्थीदेखि ठूला इन्जिनियर वा डाक्टरले आफ्ना समस्या हल गर्न प्रयोग गरिरहेका छन् ।

यस्ता उत्तरहरू च्याट जीपीटीले कसरी तयार पार्छ ?

च्याट जीपीटी जस्तो एआईलाई कम्पनीले विभिन्न स्रोतबाट संकलन गरेको अर्बौं डेटा उपलब्ध गराएर तालिम दिइएको हुन्छ । विशेषगरी इन्टरनेट र अन्य विविध स्रोतबाट विभिन्न विषयसँग सम्बन्धित डेटा उपलब्ध गराइएको हुन्छ । इन्टरनेटमा भएका अधिकांश कुराहरू यस च्याटबोटसँग छन् भन्दा फरक पर्दैन ।

विशेषगरी विभिन्न जानकारीको भण्डार विकिपेडिया जस्ता प्लेटफर्मबाट यो च्याटबटले तालिम लिएको हुन्छ । आवश्यक परेको खण्डमा विभिन्न स्रोतबाट जानकारी निकाल्छ र हामीले सोधेका वा राखेका जिज्ञासाको उत्तर दिन्छ । 

च्याट जीपीटीलाई के कुराले यति चर्चित बनाएको छ ?

च्याट जीपीटी मात्र नभई एआई प्रयोग भएका अन्य विभिन्न टुलहरू मानिसको रोजाइमा परेका हुन्छन् । एआई टुल प्रयोग भएका फेसबुक, गुगल, युट्युब, ट्वीटर, इन्स्टा जस्ता प्लेटफर्म हामी दैनिकजसो प्रयोग गरिरहेका हुन्छौं । च्याट जीपीटीले पनि हाम्रो आवश्यकता अनुसार प्रश्नको उत्तर र साथै समस्याको हलको उपाय दिने भएकाले धेरैको रोजाइमा परेको छ । 

यसअघि ओपन एआईले तयार पारेका विभिन्न टुलहरू चर्चित बनेका छन् । सबैभन्दा पहिले सार्वजनिक गरिएको डल्ली त्यस्तो टुल हो, जसका माध्यमबाट हामी आफूलाई आवश्यक परेका फोटो तयार पार्न सक्छौं । त्यसैलाई स्तरीय बनाउन कम्पनीले डल्ली टु सार्वजनिक गरेको थियो ।

यो टुल पनि फोटो तयार पार्नकै लागि प्रयोग हुन्छ । आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर आफ्नो आवश्यकता अनुसारको फोटो बनाउन सकिने भएपछि यो साइट लोकप्रिय बनेको हो । अघिल्लो हप्ता मात्र सार्वजनिक भएको च्याटजीपीटीले अहिले ट्राफिक धान्नै सकेको छैन ।

यसलाई सब्स्क्रिप्सन मोलेमा लिएर कम्पनीले २०२४ मा वार्षिक एक अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखेको छ । कम्पनीले आर्थिक रणनीतिका बारेमा हालसम्म कुनै खुलासा नगरे पनि २०२३ सम्म २० करोड डलर र २०२४ मा एक अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखेको कुरा बाहिरिएको छ ।

गुगलको सम्भावित ठूलो प्रतिस्पर्धीका रूपमा हेरिएको यस प्लेटफर्मले ठूला लगानीकर्तालाई आकर्षित गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ १३:३५