close

सांग्रिला विकास बैंकको मोबाइल एपमा अब चेकबुक अनुरोध देखि बिल भुक्तानीसम्मको सुविधा

टेकपाना टेकपाना

पुस ४, २०७९ ८:२२

सांग्रिला विकास बैंकको मोबाइल एपमा अब चेकबुक अनुरोध देखि बिल भुक्तानीसम्मको सुविधा

काठमाडौं । सांग्रिला विकास बैंकको मोबाइल एपमा नयाँ फिचरहरू थप भएका छन् । बैंकले आफ्नो मोबाइल एप 'सांग्रिला स्मार्ट' लाई अपग्रेड गर्दै नयाँ फिचरहरू थप गरेको हो । बैंकको नयाँ एप फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनलले तयार गरेको हो । 

बैंक एक्स्पी आर्किटेक्चरमा आधारित यो एप मार्फत बैंकका ग्राहकले  बिल भुक्तानी, चेक बुक अनुरोध,सेल्फ पासवर्ड/पिन रिसेट लगायत अन्य सुविधाहरू प्रयोग गर्न सक्नेछन् ।

नयाँ एप्लीकेशनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्व प्रसाद जोशीले विकास बैंकले डिजिटल बैंकलाई सधै प्रवद्र्धन गर्दै आएको र आफ्नो नयाँ एपको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै स्धिै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरू 
प्राप्त गर्न सक्ने बताए । 
 

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ ८:३४